सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घतानको वडा कार्यालय जोड्ने सडक कालोपत्र

  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १२:१९ 
  • म्याग्दी, २७ पुस । बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक कालोपत्र भएको छ । पक्की सडक निर्माण भएपछि यात्राअवधि छोटिनुका साथै जीर्ण सडकमा जोखिम मोलेर सकसपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनामार्फत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर खण्डमा कालोपत्र भएको हो ।

    दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने काम सम्पन्न भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताउनुभयो । कालोपत्र भएको सडकमा रङ लगाएर डिलतर्फ बार राख्ने र ट्राफिक सङ्केत चिह्नहरू राख्ने काम भइरहेको उहाँले बताउनुभयो । गत मङ्सिर दोस्रो सातादेखि कालोपत्र गर्न थालिएको थियो ।

    बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार २०५६ सालमा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि कालोपत्र भएको हो । नेप्टेचौरका बासिन्दा फौदबहादुर चोखालले धुलो र हिलोबाट मुक्ति मिल्नुका साथै यात्रा अवधि छोटिएको, दुर्घटनाको जोखिम घटेको, झञ्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।

    यसअघि नेप्टेचौरदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा अहिले १५ मिनेटमा यात्राअवधि छोटिएको उहाँले बताउनुभयो । सडक कालोपत्र भएपछि सार्वजनिक यातायात र ढुवानीको भाडा समायोजनका लागि नगरपालिकासँग उहाँले आग्रह गर्नुभयो । बेनीदेखि भुतादैलासम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघि नै कालोपत्र र ढलान गरेका थिए ।

    बेनी–पाखापानी सडक निर्माणका लागि २०८१ साल जेठमा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबीच रु १० करोड १६ लाख एक हजार ३६४ मा ठेक्का सम्झौता भएको थियो । चालु आवसम्म ठेक्काको म्याद रहेको यस योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

    तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । यसै आयोजनाअन्तर्गत नेप्टेचौर–तोरीपानी खण्डमा सडक फराकिलो पार्ने काम सकेर पर्खाल, नाली निर्माण, ढलान भइरहेको र ग्राभेलको तयारी गरेको निर्माण कम्पनीका सञ्चालक सुभाषचन्द्र कार्कीले बताउनुभयो ।

    निर्धारित समयभित्रनै योजना सम्पन्न गर्ने बताउँदै उहाँले बजेट अभावका कारण समस्या भएको गुनासो गर्नुभयो । उक्त योजनाका लागि प्रदेश सरकारले आव २०८०÷८१ मा रु चार करोड बजेट विनियोजन र रु २० करोडको स्रोत सुनिश्चितता गरेको थियो ।

    बेनी नगरपालिका–९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नं वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको म्याग्दी १ (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । निर्माणाधीन योजनाका लागि रकमान्तर गराएर थप बजेट ब्यवस्था मिलाउनुका साथै तोरीपानीदेखि पात्लेखेत र झिँ हुँदै पाखापानीतर्फ पनि स्तरोन्नतिका लागि थप बजेटको व्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिएको उहाँले बताउनुभयो ।

    म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडक जिल्लाको रणनीतिक योजना मानिएको छ । पाखापानी–ठाडाखानी हुँदै धवलागिरिको भेडिखाल्डा, मल्कवाङ, मराङ, बिम, दरवाङ जोडिन्छ । म्याग्दी–राहुघाट चक्रपथको अवधारणाअनुसार बिम–मराङ–मल्कवाङ खण्डमा प्रदेश सरकारले चालु आवदेखि नयाँ योजना सुुरु गर्ने तयारी गरेको छ । रासस

    म्याग्दी, २७ पुस । बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक कालोपत्र भएको छ । पक्की सडक निर्माण भएपछि यात्राअवधि छोटिनुका साथै जीर्ण सडकमा जोखिम मोलेर सकसपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनामार्फत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर खण्डमा कालोपत्र भएको हो ।

    दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने काम सम्पन्न भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताउनुभयो । कालोपत्र भएको सडकमा रङ लगाएर डिलतर्फ बार राख्ने र ट्राफिक सङ्केत चिह्नहरू राख्ने काम भइरहेको उहाँले बताउनुभयो । गत मङ्सिर दोस्रो सातादेखि कालोपत्र गर्न थालिएको थियो ।

    बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार २०५६ सालमा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि कालोपत्र भएको हो । नेप्टेचौरका बासिन्दा फौदबहादुर चोखालले धुलो र हिलोबाट मुक्ति मिल्नुका साथै यात्रा अवधि छोटिएको, दुर्घटनाको जोखिम घटेको, झञ्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।

    यसअघि नेप्टेचौरदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा अहिले १५ मिनेटमा यात्राअवधि छोटिएको उहाँले बताउनुभयो । सडक कालोपत्र भएपछि सार्वजनिक यातायात र ढुवानीको भाडा समायोजनका लागि नगरपालिकासँग उहाँले आग्रह गर्नुभयो । बेनीदेखि भुतादैलासम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघि नै कालोपत्र र ढलान गरेका थिए ।

    बेनी–पाखापानी सडक निर्माणका लागि २०८१ साल जेठमा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबीच रु १० करोड १६ लाख एक हजार ३६४ मा ठेक्का सम्झौता भएको थियो । चालु आवसम्म ठेक्काको म्याद रहेको यस योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

    तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । यसै आयोजनाअन्तर्गत नेप्टेचौर–तोरीपानी खण्डमा सडक फराकिलो पार्ने काम सकेर पर्खाल, नाली निर्माण, ढलान भइरहेको र ग्राभेलको तयारी गरेको निर्माण कम्पनीका सञ्चालक सुभाषचन्द्र कार्कीले बताउनुभयो ।

    निर्धारित समयभित्रनै योजना सम्पन्न गर्ने बताउँदै उहाँले बजेट अभावका कारण समस्या भएको गुनासो गर्नुभयो । उक्त योजनाका लागि प्रदेश सरकारले आव २०८०÷८१ मा रु चार करोड बजेट विनियोजन र रु २० करोडको स्रोत सुनिश्चितता गरेको थियो ।

    बेनी नगरपालिका–९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नं वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको म्याग्दी १ (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । निर्माणाधीन योजनाका लागि रकमान्तर गराएर थप बजेट ब्यवस्था मिलाउनुका साथै तोरीपानीदेखि पात्लेखेत र झिँ हुँदै पाखापानीतर्फ पनि स्तरोन्नतिका लागि थप बजेटको व्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिएको उहाँले बताउनुभयो ।

    म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडक जिल्लाको रणनीतिक योजना मानिएको छ । पाखापानी–ठाडाखानी हुँदै धवलागिरिको भेडिखाल्डा, मल्कवाङ, मराङ, बिम, दरवाङ जोडिन्छ । म्याग्दी–राहुघाट चक्रपथको अवधारणाअनुसार बिम–मराङ–मल्कवाङ खण्डमा प्रदेश सरकारले चालु आवदेखि नयाँ योजना सुुरु गर्ने तयारी गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी

    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.