सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीतर्फ किसानको बढ्दो आकर्षण


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १२:१३ 
  • पाल्हीनन्दन, २७ पुस । (बर्दघाट–सुस्ता पश्चिम) पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । केही वर्षअघि घरायसी उपभोगका लागि मात्र तरकारी खेती गर्दै आएका किसानहरू अहिले यसलाई आम्दानीको मुख्य स्रोतका रूपमा विकास गर्न थालेका छन् ।

    वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै केही गर्ने उद्देश्यसहित मौसमी तथा बेमौसी तरकारी खेती सुरु गरेको सरावल गाउँपालिका–५ बडहरा निवासी रामद्रश केवटले बताउनुभयो । सरावल गाउँपालिकाबाट तरकारी खेतीसम्बन्धी आठ दिने तालिम लिएपछि तीन वर्षदेखि व्यावसायिक रूपमा खेती गर्दै आउनुभएको केवटको भनाइ छ ।

    आफू तरकारी खेतीमा संलग्न भएकै कारण छोरालाई पनि कृषि विषयमा स्नातक अध्ययन गराएको उहाँले जानकारी दिनुभयो । अन्नबालीको तुलनामा तरकारी खेतीबाट बढी आम्दानी लिन सकिने भएकाले काँक्रो, मुला, भन्टा, साग, काउली, खुर्सानीलगायतका तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो । पाँच कठ्ठा जमिनमा भारतबाट ल्याइएको ‘साहु’ जातको टमाटर खेती गरिएको र घरपरिवारसँगै बसेर वार्षिक करिब छ लाख बराबरको आम्दानी गर्दै आएको केवटले भन्नुभयो ।

    पाल्हीनन्दन गाउँपालिका–५ का महेन्द्रप्रसाद गुप्ता विगत २० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । अन्नबालीको तुलनामा तरकारी खेतीमा आम्दानी बढी हुने भएकाले यसमै संलग्न भएको उहाँको भनाइ छ । यद्यपि गत वर्ष तरकारीको मूल्य घट्दा करिब डेढ लाखको तरकारी बिक्री गर्दा घाटा बेहोर्नुपरेको गुप्ताले जानकारी दिनुभयो ।

    त्यसैगरी पाल्हीनन्दन गाउँपालिका–३ निवासी मुकेश हरिजनले रामग्राम नगरपालिका–१७ मा विगत तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । १८ कठ्ठा जमिनमा खेती गरिएको काउलीबाट हालसम्म करिब रु डेढ लाखको बिक्री भइसकेको उहाँले बताउनुभयो ।

    रामग्राम नगरपालिका–१७ पिपरहिया र पाल्हीनन्दन गाउँपालिका–५ गेरमी क्षेत्र कृषि पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । सरकारले खेतमै विद्युत् पोल गाडेर तार विस्तार गरी कृषि मिटरको व्यवस्था गरेपछि सिँचाइ खर्च सस्तो भएको र थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक तरकारी खेतीप्रति किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी उमाशङ्कर पौडेलले बताउनुभयो । जिल्लामा हाल दुई हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.