सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन


  •    न्युजभित्तो/२५ पुष २०८२, शुक्रबार १४:४१ 
  • काठमाडौँ, २५ पुस । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि शाखा अधिकृत र नायब सुब्बा लक्षित निःशुल्क अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ ।

    आज उद्घाटन कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव ज्ञानेन्द्र पुनले प्रतिष्ठानले हाल सातै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले आदिवासी जनजाति समुदायका युवालाई लोक सेवा परीक्षामा प्रतिस्पर्धी बनाउने उद्देश्यले यस प्रकारका लक्षित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

    प्रतिष्ठानका उपाध्यक्ष केशव गुरुङले प्रतिष्ठानले आदिवासी जनजातिको हकहित संरक्षण र सशक्तीकरणमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो । “हामीले लिएको लक्ष्यलाई सही रूपमा उपयोग गरे देशका लागि सुयोग्य र सक्षम राष्ट्रसेवक कर्मचारी उत्पादन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

    लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले लोक सेवा आयोग नेपालको पहिलो लोकतान्त्रिक संस्था भएको बताउँदै आयोगमा कुनै पनि प्रकारको धाँधली नहुने स्पष्ट पार्नुभयो । उहाँले लोक सेवामार्फत तलब खाएर राष्ट्रको सेवा गर्न पाउनु गौरवको विषय भएको धारणा व्यक्त गर्नुभयो ।

    प्रतिष्ठानका अनुसार कक्षा कार्यक्रमअन्तर्गत शाखा अधिकृतका लागि १६० दिन र नायब सुब्बाका लागि ११५ दिनको तयारी कक्षा सञ्चालन गरिनेछ । प्रतिष्ठानले नेटवर्क एजुकेसन एकेडेमीको सहकार्यमा कक्षा सञ्चालन गर्न लागेको हो । यस कार्यक्रमबाट देशभरका दुई हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.