सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द


  •    न्युजभित्तो/२५ पुष २०८२, शुक्रबार १४:३९ 
  • नेपालगन्ञ्ज, २५ पुस । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा करिब २० दिनदेखि भिडियो एक्सरे सेवा पूर्णरूपमा बन्द भएको छ । क्यान्सरको उपचार प्रक्रियामा अत्यावश्यक मानिने प्रारम्भिक परीक्षण सेवा नै बन्द भएपछि सेवा प्रभावित भएको हो ।

    अस्पतालका रेडियोलोजिस्ट डा ठाकुर कोइरालाले करिब १० दिनअघि राजीनामा दिएपछि हालसम्म अर्को रेडियोलोजिस्टको व्यवस्था नहुँदा भिडियो एक्सरे सेवा सञ्चालन गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको छ । 

    अस्पतालका कार्यकारी निर्देशक डा ज्वलन्त पौडेलले नयाँ डाक्टरको पदपूर्ति नहुँदा बाहिरबाट एकसरे गरेर ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । “पदपूर्ति नहुँदा भिडिओ एक्सरे गर्न पाएका छैनौँ” उहाँले भन्नुभयो । क्यान्सरको पहिचान, उपचारको योजना बनाउने र उपचारको प्रगतिबारे मूल्याङ्कन गर्न भिडियो एक्सरे अनिवार्यजस्तै भएको उल्लेख गर्दै पौडेलले एक्कासि रेडियोलोजिस्टले राजीनामा दिएर गएकाले तत्काल विकल्प नजुट्दा सेवा प्रभावित भएको बताउनुभयो ।  

    यसअघि लामो समयसम्म अस्पतालमा ‘पार्टटाइम’ ज्यालादारीमा भिडियो एक्सरे सेवा सञ्चालन हुँदै आएको थियो । करिब एक वर्षअघि डा ठाकुर कोइराला आएपछि भने सो सेवा पूर्णरूपमा नियमित सञ्चालनमा थियो । दैनिक १५ देखि २० जनासम्म बिरामीको भिडियो एक्सरे लिँदै आएका थिए ।  

    अस्पताल प्रशासनका अनुसार स्थानीयस्तरमै रेडियोलोजिस्ट राख्ने प्रयास गरिए पनि अस्पताल विकास समिति पूर्ण नहुँदा दरबन्दी सिर्जना र विज्ञापन गर्न समस्या भएको छ । “स्थानीय स्रोतबाट समाधान खोज्न चाहन्छौँ, तर संरचनागत कमजोरीले गर्दा प्रक्रिया अघि बढाउन सकिएको छैन,” उहाँले भन्नुभयो । 

    अस्पतालमा उपचारका लागि आएका अधिकांश बिरामीलाई एक्सरे गराउन नेपालगञ्ज पुग्नुपर्ने बाध्यता भएको छ । यस अस्पतालले लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशसम्मका क्यान्सरका बिरामीलाई सेवा दिँदै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.