सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै


  •    न्युजभित्तो/२५ पुष २०८२, शुक्रबार १२:२८ 
  • पर्वत, २५ पुस । पछिल्लो समय सडक विस्तार, बाँदर आतङ्क, धार्मिक आस्थामा कमीलगायतका कारणले ऐेतिहासिक चौतारी र वर, पीपलका रुख मासिँदै जान थालेका छन् । पर्वतका केही युवाले ऐतिहासिक तथा धार्मिक महत्व बोकेका चौतारी पुनर्निर्माणमा सक्रियता देखाएका छन् ।

    सदरमुकाम कुश्माको सबैभन्दा पुरानो क्लब पर्वत मिलन क्लबमा आबद्ध युवाले सदरमुकाम आसपासमा रहेका पोखरीहरु पुनर्निर्माण गर्न थालेका हुन् । विसं २०४६ मा औपचारिक रूपमा संस्था दर्ता भएको क्लबले विशेषतः युवा जनशक्तिलाई खेलकुद, सांस्कृतिक तथा समाज सेवामा जुटाउँदै युवायुवतीमा सकारात्मक भावना पैदा गराउँदै उनीहरूमा ‘समाज र देशमा लागि केही गर्नुपर्छ’ भन्ने भावनाको डोरीमा बाँध्न सफल भएको छ ।

    संस्थाले सामाजिक कार्यअन्तर्गत बाटो, पुल, कुलो, धारा, निर्माण आफूहरूले प्राप्त गर्ने सहयोग तथा आफैँ पनि उठाइ निर्माण गर्दै आएको छ । विगतका वर्षमा पनि सांस्कृतिक कार्यक्रम तथा देउसीभैलो खेलेर सङ्कलन भएको रकम विद्यालयको शैक्षिक सुधारका लागि दिँदै आएको संस्थाका संस्थापक सल्लाकार विष्णुप्रसाद नेवारले बताउनुभयो ।

    क्लबले कुश्मा नगरपालिका–६ स्थित शिवालय माध्यमिक विद्यालयको परिसरमा रहेको चौतारीलाई विद्यालयको अनुमतिमा खुला गरी स्थानीय वडाको उपस्थितिमा आम भेलामार्फत पुनर्निर्माणको काम गरिरहेको छ । कुश्मा नगरपालिका–६ का वडाध्यक्ष एवं कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले क्लबले चौतारीको पुनर्निर्माण कार्य गरेकामा धन्यवाद दिँदै आफूहरू पनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

    ‘शिवालय भण्डारी मिलन चौतारी’ नामकरण गरिएको यो चौतारी धेरै वर्ष पहिला कुश्मामा स्थायी रूपमा बसोबास गर्ने भण्डारीहरूको पुर्खाद्वारा निर्माण गरिएको काश्यप गोत्रिय भण्डारी समिति एवं शिवालय बगैँचा शैक्षिक समाज ९भूपू विद्यार्थी शिवालय मावि० का अध्यक्ष दीपेन्द्रबहादुर भण्डारीले बताउनुभयो । विगतमा विद्यालय परिसरभित्र रहेकाले सबैको सहज पहुँचमा थिएन । हाल विद्यालय र स्थानीयको समन्वयमा चौतारी खुला गराइ पुनर्निर्माण भइरहेकामा क्लब र विद्यालयलाई उहाँले धन्यवाद दिनुभयो ।

    विगतमा पुर्खाले बटुवाका लागि धारा, पाटी, पौवा र चौतारी निर्माण गरेको पाइन्छ । आज पनि धार्मिक तथा सामाजिक दृष्टिकोणबाट निर्माण तथा पुनर्निर्माणका काम हुने गरेका छन् । “हामीले धार्मिक तथा सामाजिक रूपमा सबैको सहमतिमा आफैँ लगानी जुटाउने गरी यो कार्यको शुभारम्भ गरेका छौँ”, निर्माण समितिका संयोजक बुद्धिबहादुर गुरुङले भन्नुभयो । आर्थिक समिति संयोजक साजन कुमार श्रेष्ठले सबैले स्वतस्फूर्त रूपमा आर्थिक सहयोग दिएको बताउनुभयो ।

    श्रमदानलाई उच्च प्राथमिकतामा राखी कार्य प्रारम्भ गरिएको चौतारी पुनर्निर्माणको कार्यले ज्येष्ठ नागरिक, बटुवा तथा शीतलता खोज्ने हरेकको बसाइको केन्द्र बन्ने भएको छ । चौतारी निर्माणको जिम्मेवारी लिएको पर्वत मिलन क्लबका अध्यक्ष झलकबहादुर कार्कीका अनुसार टोलवासीको विशेष आग्रहमा पुनर्निर्माण कार्य चलिरहेको छ । अध्यक्ष कार्कीले सबैको साथ सहयोग मिल्ने विश्वासका साथ समुदायबाट आएको आग्रहलाई स्रोतको अभाव हुँदाहुँदै पनि सबैको सहयोग प्राप्त गर्न सकिन्छ विश्वासमा काम गरिएको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.