सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा


  •    न्युजभित्तो/२४ पुष २०८२, बिहीबार १५:१० 
  • वालिङ (स्याङ्जा), २४ पुस । यहाँको गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा  सुरु गरिएको छ ।

    नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिकरुपमा स्वस्थ एवम् सबल बनाउन नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएसँगै आयुर्वेद चिकित्सा सेवा पनि सुरु गरिएको हो । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै आयुर्वेद चिकित्सालाई स्थानीयस्तरसम्म पु(याउने लक्ष्यकासाथ सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको नागरिक आरोग्य सेवा केन्द्र गल्याङका बैद्य वीरबहादुर बोहोराले बताउनुभयो ।

    “विश्वव्यापीरुपमा फैलिँदै गएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न योग, ध्यान, तथा आधारभूत तहको आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्छौँ”, उहाँले भन्नुभयो, “नागरिकलाई आयुर्वेद चिकित्सा विधिकाबारेमा चेतना जगाउँदै विद्यालय, आमा समूह, महिला स्वयंसेविका, युवा क्लबमार्फत समुदायस्तरमा पुगेर योग, ध्यान सिकाउँदै सकारात्मक सोचको विकासका लागि सहयोग गर्छौंँ ।”

    आरोग्य केन्द्रबाट आयुर्वेद चिकित्सासम्बन्धी आधारभूत मापदण्ड अनुसारको आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो । पूर्वकर्म, पञ्चकर्म, बाष्पविधि, रुघा खोकीसहित स्वस्थ जीवनशैलीसम्बन्धी परामर्श आरोग्य केन्द्रमार्फत दिइने जनाइएको छ ।

    नगर अस्पतालमै नागरिक आरोग्य सेवा केन्द्र स्थापना भई सेवा सुरु भएसँगै यहाँका नागरिकलाई आयुर्वेद चिकित्सासम्बन्धी सेवा तथा परामर्शका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.