सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको तयारी गरिँदै


  •    न्युजभित्तो/२४ पुष २०८२, बिहीबार १५:०७ 
  • जलेश्वर (महोत्तरी), २४ पुस । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे सङ्क्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे सङ्क्रान्ति पर्व मिथिलाञ्चलमा तिला सङ्क्रान्ति पर्वका नामले पनि प्रसिद्ध छ । यहाँका लोकभाषामा तिला सङ्क्रान्ति भनिन्छ भने कतै कतै तिला सङ्क्रायत पनि भनिन्छ ।  

    यस पर्वमा मिथिलाको घर घरमा चिउरा, भूजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ । चामल, दाल, घीउ र तरकारी एकै साथ मिसाइएर बनाइएको खिचडीसमेत खाने चलन रहेकाले अहिले यहाँका घर घरमा पर्वमा परिकार बनाउन आवश्यक वस्तु सख्खर, चिउरा, भूजा, तील, अदुवा, विशेष प्रकारको चामल, उरिद र कुर्थीको दाल, घीउ, तरुल तथा अन्य मिठो तरकारी जुटाउनमा सर्वसाधारण व्यस्त छन् । 

    किनमेलका लागि महोत्तरी सदरमुकाम जलेश्वरसहित मिथिलाको प्रत्येक हाटबजारमा भीडभाड देखिन्छ । यस पर्वका लागि मिथिलाञ्चलको घर घरमा ८र१० दिन पहिलेदेखि तिल, चिउरा, भूजा र सख्खर ल्याएर मिथिलानीहरु लड्डु बनाउने गर्दछन् । जसले गर्दा मिथिलाञ्चलका गाउँ बस्तीमा यस पर्वको रौनक एक साता पहिलेदेखि सुरु हुने जलेश्वर–८ की राजवती देवीले बताउनुभयो ।

    सङ्क्रान्तिका दिन एकाबिहानै घरका सबैभन्दा पाका सदस्य जागेर नित्कर्मसँगै नुहाइधुवाई गरी अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाइ कूल देवतालाई चढाउने र पछि सोही प्रसादबाट घरका सबै सदस्यलाई प्रसाद दिँदै ९हमर तिल बहवे० अर्थात ‘मेरो आउँदो दिनमा मलाई साथ दिन्छौँ, मैले भनेको गर्छौँ’ भन्ने चलन रहेको जलेश्वर नगरपालिका– ५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । 

    उहाँले यस कर्मलाई संस्कार पुस्तान्तरणको संज्ञा दिनुभयो । जसले मिथिलाको संस्कार र संस्कृतिलाई पछिसम्म जीवन्त राख्न सहयोग गर्ने उहाँको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.