सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा आजदेखि छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु


  •    न्युजभित्तो/२४ पुष २०८२, बिहीबार १२:१६ 
  • दमौली (तनहुँ), २४ पुस । जिल्ला सदरमुकाम दमौलीमा आजदेखि छैटौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सव सुरु हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा सुरु हुन लागेको महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ । 

    भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो । यसअघि विसं २०७९ पुस २२ गतेदेखि पाँचौँ जनजाति महोत्सव गरिएको थियो । महोत्सवले तनहुँका जातजातिका संस्कृति संरक्षणका साथै यहाँका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    पैसट्ठी प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको सुरुआत आदिवासी महासङ्घले गरेको थियो । विसं २०६५ मा पहिलो आदिवासी महोत्सव आयोजना गरिएको थियो ।

    सांस्कृतिक महोत्सवमा नमूना घरसँगै सांस्कृतिक झाँकी, मौलिक नृत्य, जातीय पहिरन प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका स्टल, साङ्गीतिक कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । 

    आदिवासी जनजातिको पहिचान, मौलिकता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवले तनहुँको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको तामाङको भनाइ छ ।

    उहाँले भन्नुभयो, “आधुनिकताको प्रभावले लोप हुँदै गएका हाम्रा मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउन महोत्सव महत्वपूर्ण हुने विश्वास लिएका छौँ ।” आयोजकका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । महोत्सवमा रु १५ लाख बचत गरी सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ ।

    महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमूना घर निर्माण गरिएको छ । व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र सालिक रहेको पार्क क्षेत्रमा मगर, दरै र कुमाल समुदायका नमूना घर निर्माण गरिएको छ । 

    तनहुँमा १३ भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहे पनि स्थानको अभावका कारण तीन समुदायका मात्रै नमूना घर निर्माण गरिएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.