सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद


  •    न्युजभित्तो/२३ पुष २०८२, बुधबार १५:३९ 
  • महेन्द्रनगर (धनुषा), २३ पुस । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म छ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । कार्यालयले गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरेको हो । 

    हालसम्म छ हजार २७५ क्विन्टल धान खरिद भइसकेको जनाउँदै धनुषा र महोत्तरीका अधिकांश किसानले धान बिक्रीका लागि नाम दर्ता गराएका कार्यालयका वरिष्ठ सहायक जयकिशनप्रसाद चौधरीले जानकारी दिनुभयो । 

    कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको भए पनि स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट करिब ५५ क्विन्टलसम्म धान खरिद गरिएको उहाँले बताउनुभयो । धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामा पठाउने व्यवस्था गरेको छ ।

    कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार कम्पनीको गोदाम नजिक दुईवटा काँटा राखी बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म किसानले ल्याएका धान खरिद भइरहेको छ । हालसम्म धनुषा र महोत्तरीका १६५ जना किसानले स्थानीय तहको सिफारिसमा धान बिक्री गरिसकेका उहाँले जानकारी दिनुभयो ।

    धान बिक्री गर्ने किसानमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका बढी रहेका उहाँले बताउनुभयो । कम्पनीका अनुसार दैनिक पाँचदेखि १५ जना किसानको धान खरिद भइरहेको छ ।

    कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिनुभयो । सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ रुपैयाँ ३३ पैसा तोकेको छ । धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयका गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.