सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवस्थित पदमार्ग निर्माण सुरु


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार १३:२९ 
  • म्याग्दी (बेनी), २१ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जङ्गलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिँड्नुपर्ने भएपछि ढलान गरी सिँढीसहितको पदमार्ग निर्माण सुरु गरिएको हो ।

    चालु आर्थिक वर्ष २०८२र८३ मा रघुगङ्गा गाउँपालिकाबाट विनियोजन भएको रु तीन लाख ५० हजार बजेटमा श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गर्न लागिएको रानीपौवा घोरेढुङ्गा चमेरे आर्यघाट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका प्राविधिकद्वारा लागत अनुमान तयार गरी विनियोजन भएको बजेटबाट १३२ मिटर पदमार्ग निर्माण गरिएको छ । 

    चमेरेदेखि नै जङ्गलको झाडी फँडानी गरेर सोलिङ्गसहित ढलान गरी साढे एक मिटर फराकिलो पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । मुख्यगरी गाउँमा दिवङ्गत भएकाहरूको अन्तिम संस्कारका लागि चमेरेस्थित कालीगण्डकी नदी किनारको आर्यघाटमा लैजानका लागि प्रयोग हुने यस गोरेटो बाटो पुनर्निर्माणका लागि देश तथा विदेशमा रहेका स्थानीयवासीले स्वेच्छिक रूपमा सहयोगसमेत जुटाउन थालेका छन् । 

    रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आउने र चमेरदेखि कालीगण्डकी नदी किनार जाने बाटोसमेत जोखिमपूर्ण रहेको र गाउँपालिकाबाट विनियोजन भएको बजेट अपुग हुने भएपछि देश तथा विदेशमा रहेका स्थानीयवासीबाट सहयोग जुटाएर थप पदमार्ग निर्माण गर्ने तयारीमा जुटेको उपभोक्ता समितिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

    दुई सातादेखि दैनिक १२ देखि १५ जना पदमार्ग निर्माणमा खटिएका छन् । रानीपौवादेखि चमेरे हुँदै आर्यघाटसम्मको गोरेटोबाटोमध्ये करिब एक किलोमिटर बाटो भिरालो र साँघुरो भएकाले त्यसलाई स्तरोन्नतिसहित पक्की पदमार्ग बनाएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छ । 

    रघुगङ्गाको वडा नम्बर ३ रानीपौवाका साथै वडा नम्बर २ तल्लाघर र कोलमुनि बस्तीका स्थानीयले समेत दिवङ्गत भएकाहरूलाई यसै बाटो भएर आर्यघाटमा अन्तिम संस्कारका लागि लैजाने गर्छन् । यो पदमार्ग निर्माणले पूर्णता पाएमा गाउँमा दिवङ्गत भएकाहरूलाई अन्तिम संस्कारका लागि कालीगण्डकीस्थित आर्यघाट पु¥याउन सहज हुनेछभने गाउँमा उत्पादन भएको केरा, सुन्तलालगायतका कृषिजन्य उत्पादनलाई बिक्री–वितरण गर्नसमेत सहज हुने उपभोक्ता समितिका सचिव रामबहादुर कार्कीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, जङ्गलबाट घाँस दाउरा घरमा ल्याउन र बेनी–जोमसोम सडक खण्डको चमेरेदेखि छोटो दूरीमा रानीपौवागाउँ उक्लिन यो पदमार्ग उपयोगी हुनेछ । 

    “अहिले गाउँमा दिवङ्गत भएकाहरूलाई घाटमा ल्याउन निकै कठिन छ,  भिरालो र साँघुरो डोरोमा जोखिमपूर्ण तवरले हिँड्नुपर्छ, झाडीले बाटो ढाकिने भएकाले नियमितजसो झाडी फाँड्नुपर्ने बाध्यता छ,” उपभोक्ता समितिका सचिव कार्कीले भन्नुभयो । यो पदमार्ग पुनर्निर्माण सम्पन्न भएमा चमेरेदेखि रानीपौवा, तल्लाघर हुँदै ऐतिहासिक भगवती कोत मन्दिर भएर पर्यटकीयस्थल रुइसे क्षेत्रसम्मको पदयात्रा गर्नका लागिसमेत प्रयोगमा आउनेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.