सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो


  •    न्युजभित्तो/१७ पुष २०८२, बिहीबार १६:४४ 
  • विराटनगर, १७ पुस । कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक सीप परीक्षण गराउनेहरूमा पुरुषको तुलनामा महिलाको सङ्ख्या उल्लेख्य देखिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा स्वीस कन्ट्याक्टको सहयोगमा सार्वजनिक गरिएको ‘टिभेट प्रोफाइल’अनुसार सीप परीक्षणमा महिलाको सहभागिता ५३।९ प्रतिशत पुगेको छ । कोशी प्रदेशको प्रादेशिक प्रबोधिकरण कार्यक्रममा प्रस्तुत गरिएको पछिल्लो तथ्याङ्कअनुसार कुल ४७ हजार ९५८ सहभागीमध्ये २५ हजार ८३३ महिला छन् भने पुरुषको सङ्ख्या २२ हजार १२० अर्थात् ४६.१ प्रतिशत मात्र सीमित छ । यसले परम्परागत रूपमा पुरुषको क्षेत्र मानिने प्राविधिक विधामा महिलाको बढ्दो आकर्षण र सक्रियतालाई स्पष्ट पारेको छ ।

    कोशी प्रदेशका युवाले सबैभन्दा बढी अटोमोबाइल क्षेत्रमा १८.१ प्रतिशत सहभागिता जनाएका छन् । यसैगरी फोटोग्राफीमा १६.४ प्रतिशत, व्यापार व्यवसायमा १२.४ प्रतिशत र आतिथ्य उद्योग ९हस्पिटालिटी०मा ११।८ प्रतिशतको संलग्नता देखिएको छ । टेक्सटाइल र सिलाइ बुनाइजस्ता क्षेत्रमा पनि सहभागिता उत्साहजनक देखिए तापनि पुस्तकालय र सूचनन् विज्ञान, हस्तकला र निर्माणजस्ता क्षेत्रमा भने युवाको रुचि निकै कम देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    तथ्याङ्कले देखाएअनुसार ९० प्रतिशतभन्दा बढी सहभागीले तह एकको मात्र सीप परीक्षण गराएका छन् । विशेषगरी स्वदेश तथा विदेशमा रोजगारीका लागि न्यूनतम प्रमाणपत्र अनिवार्य हुने भएपछि युवा प्रारम्भिक तहको परीक्षणमा बढी केन्द्रित भएका हुन् । उत्तीर्ण प्रतिशतको अवस्थालाई हेर्दा समग्रमा ६१ प्रतिशत परीक्षार्थी सफल भएका छन् । यद्यपि तह एकमा ६३ प्रतिशत उत्तीर्ण हुँदा माथिल्लो तहमा भने यो दर क्रमशःघट्दै गएको देखिन्छ । तह दुईमा ४० प्रतिशत र तह तीनमा पुग्दा उत्तीर्ण दर १७ प्रतिशतमा खुम्चिनुले उच्च तहको सीप र क्षमता विकासमा अझैँ मेहनत गर्नुपर्ने चुनौतीलाई उजागर गरेको छ ।

    मन्त्रालय र स्वीस कन्ट्याक्टको यो सहकार्यले कोशी प्रदेशमा दक्ष जनशक्तिको वास्तविक अवस्थालाई बाहिर ल्याएको पहिलो दस्तावेज भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो । सीप परीक्षणमा महिलाको यो उत्साहजनक सहभागिताले आगामी दिनमा प्रदेशको श्रम बजारमा दक्ष महिला जनशक्तिको उपस्थिति बलियो हुने र उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिनुभयो । 

    छोटो अवधिको व्यावसायिक तालिम प्रदायक संस्थाको विस्तार भने कोशी प्रदेशमा उत्साहजनक छ । हाल प्रदेशभर २१५ वटा संस्थाले छोटो अवधिको तालिम प्रदान गर्न सम्बन्धन प्राप्त गरेका छन्। जिल्लागत रूपमा हेर्दा मोरङमा सबैभन्दा बढी ६४ वटा र झापामा ४४ संस्था रहेका छन् भने सुनसरीमा ७२ वटासम्म संस्थाले स्वीकृति पाएका छन् । यी संस्थाले प्रति संस्था औसत ६.३० का दरले विभिन्न १३५४ वटा स्वीकृत कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले बजारको मागअनुसार १८० घण्टादेखि १६९६ घण्टासम्मका कुल २७४ वटा व्यावसायिक तालिमका पाठ्यक्रम निर्माण गरेको छ । यस्तै, राष्ट्रिय सीप परीक्षण समितिले ३१४ वटा राष्ट्रिय व्यावसायिक सीप प्रमाणिकरणको मापदण्ड तयार गरी सीप परीक्षणकाकार्य अघि बढाएको छ । 

    समग्रमा, सीप परीक्षणमा महिलाको बढ्दो सहभागिता र तालिम केन्द्रको बढ्दो सङ्ख्या सकारात्मक पक्ष हुन् ।

    प्राविधिक धारमा घट्दो सङ्ख्या 

    कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्र विस्तार देखिए पनि अर्कोतर्फ शैक्षिक निरन्तरतामा भने गम्भीर चुनौती देखिएको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार प्राविधिक धारतर्फ विद्यार्थीको भर्ना दर कक्षा बढ्दै जाँदा कमजोर हुँदै गएको पाइएको हो ।

    प्राविधिक धार अन्तर्गत कक्षा ९ मा विद्यार्थीको भर्ना दर ५९ प्रतिशत रहेको पाइएको छ । तर, यो उत्साह माथिल्लो कक्षामा पुग्दा टिकिरहन सकेको छैन । तथ्याङ्कअनुसार कक्षा १० मा ५४ प्रतिशत, कक्षा ११ मा ३५ प्रतिशत हुँदै कक्षा १२ मा पुग्दा यो दर घटेर मात्र ३४ प्रतिशतमा सीमित भएको छ । यसले प्राविधिक शिक्षा सुरु गरेका उल्लेख्य सङ्ख्याका विद्यार्थीले बीचैमा पढाइ छोड्ने गरेको  तथ्याङ्कमा देखिन्छ । यसले प्राविधिक धारका शैक्षिक संस्था मर्ज गर्नु पर्नु अवस्थामा पुगेको प्रतिवेदनले स्पष्ट पारेको छ ।

    माथिल्लो शैक्षिक तहमा विद्यार्थीको घट्दो उपस्थिति र सीप परीक्षणमा तह एकभन्दा माथिल्लो तहमा देखिएको न्यून उत्तीर्ण दरले प्राविधिक शिक्षाको गुणस्तर र स्थायित्वमा अझँै धेरै काम गर्न बाँकी रहेको देखाएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुयलले बताउनुभयो । दक्ष जनशक्ति उत्पादनका लागि केवल सङ्ख्यात्मक विस्तारमा मात्र नभई विद्यार्थीलाई माथिल्लो तहमा समयोजनका कार्यक्रम अघि सार्नु पर्ने देखिएको बताउनुभयो ।  

    आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले सिटिइभिटीद्वारा सञ्चालित प्राविधिक धार सञ्चालनमा चुनौति रहेको बताउनभयो । सिटिइभिटीले २४ विद्यार्थी पुगेपछि मात्रै कोर्स सकाउन सात लाख दिने गरेको छ, यो असाध्यै कम हुने बताउनुभयो  । उहाँले अहिलेको प्राविधिक धारको  पाठ्यक्रम पनि ठिक नभएको गुनासो गर्नुभयो ।

    साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले प्राविधिक धार लामो भएको बताउनुभयो । पाठ्यक्रममा नै समस्या भएको कारण सुरु सुरुमा सिभिलमा १२० आउनेमा अहिले घटेर ४८ जनाको कोटा रहेकामा अहिले आधा विद्यार्थी पनि भर्नाको लागि नआएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.