सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘काम अलपत्र पारे ठेक्का रद्द गरिने’


  •    न्युजभित्तो/२९ मंसिर २०८२, आईतवार १४:३८ 
  • दमौली (तनहुँ), २८ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विकासका काम अलपत्र पारे ठेक्का तोडेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । 

    तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित स्वागत एवं छलफल कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सैह्य नहुने भन्दै त्यस्ता आयोजनाका ठेक्का तोडेर नयाँ प्रक्रियाका लागि ठेक्का आह्वान गरिने उल्लेख गर्नुभयो । 

    पूर्वाधार विकासमा निर्माण व्यवसायीले काम नगरे तत्काल ठेक्का तोड्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उहाँले भन्नुभयो, “प्रदेश सरकारका विकास आयोजना पनि अलपत्र अवस्थामा छन् । त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ । पुराना ठेक्का तोडेर कसरी काम गर्न सकिन्छ भन्नेमा लागिपरेको छु ।”

    मन्त्री घिसिङले कतिपय स्थानमा नयाँ पुल, सडक बनाउनुपर्ने अवस्था रहेको बताउँदै भएका सडकको मर्मत गर्नुपर्ने उल्लेख गर्नुभयो । शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीबाट विकास निर्माणका सम्बन्धमा प्रस्तुत भएको ज्ञापनपत्रका विषयमा काठमाडौँ पुगेर सम्बन्धित निकायसँगको समन्वयमा छलफल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    तनहुँमा निर्माण हुँदै गरेको तनहुँ जलविद्युत् आयोजनाले आर्थिक रूपमा ठूलो प्रभाव पार्ने मन्त्री घिसिङको भनाइ छ । उक्त आयोजना शतप्रतिशत रूपमा विद्युत् प्राधिकरणको स्वामित्वमा भएकाले जनतालाई शेयर दिन सकिने सकारात्मक पक्ष रहेको उहाँले जानकारी दिनुभयो । मन्त्री घिसिङले भन्नुभयो, “यसमा स्रोत सुनिश्चित भइसकेको छ, तर स्थानीयवासीको स्वामित्व कसरी बढाउने भन्नेमा छलफल गरी अगाडि बढ्ने छौँ ।”

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले आजै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको पनि निरीक्षण गर्नुभएको छ । जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका उहाँले श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण गदै यहाँका समस्याका बारेमा जानकारी लिनुभएको हो । 

    उपचार केन्द्रका बोर्ड सदस्य त्रिलोचन लम्सालले अस्पतालमा डेडिकेटेड विद्युत् लाइन जडानका लागि मन्त्री घिसिङलाई आग्रह गर्नुभयो । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलमार्फत सम्पन्न डिपिआरअनुसार भारत सरकारसँग ३०० शय्यामा स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अगाडि बढाउन मन्त्री घिसिङको ध्यानाकर्षण गराइएको लम्सालले बताउनुभयो । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले यहाँबाट प्रवाह भइरहेका सेवाबारे जानकारी गराउनुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.