सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भक्तपुरका नेवार समुदायले फरकफरक दिनमा तिहार मनाउँदै


  •    न्युजभित्तो/३ कार्तिक २०८२, आईतवार १६:३२ 
  • भादगाउँ (भक्तपुर), २ कात्तिक । भक्तपुरका नेवार समुदायले स्वन्ती नखः (तिहार)पर्व फरकफरक दिनमा मनाउने भएका छन् । तिथि घटबढका कारण पर्व फरकफरक दिनमा मनाउन लागिएको हो ।
    नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको पात्रो अनुसार नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज काग तिहार, कात्तिक ३ गते बिहान कुकुर तिहार, साँझ लक्ष्मीपूजा, कात्तिक ४ गते गाई तिहार, कात्तिक ५ गते गोवर्द्धन पूजा, म्हः पूजा र नेपाल संवत्को शुभारम्भ तथा कात्तिक ६ गते किजा पूजा एवं भाइटिका परेको छ ।
    यसैबीच, मध्यपुरथिमि नगरपालिकाका नेवार समुदायले लक्ष्मीपूजा कात्तिक ४ गते मनाउने भएका छन् । कात्तिक ४ गते साँझ ६ः१५ बजेसम्म औंँसी तिथि रहेकाले सो दिन मात्र लक्ष्मीपूजा गर्न लागिएको थिमि लायकूका नायो पमाः ९प्रधान नाइके० श्यामकाजी श्रेष्ठले बताउनुभयो । 
    यस्तै मध्यपुरथिमि–७, नगदेशस्थित लायकू ९दरबार०को आह्वानमा गत असोज ३० गते बसेको नगदेश लायकू दरबारका नायो पमाः, पमाः, नगदेशका सम्पूर्ण खलःका प्रतिनिधि, नेवा दे दबूका प्रतिनिधि, ज्यापू महागुठीका प्रतिनिधि तथा बुद्धिजीवीको बैठकले लक्ष्मीपूजा कात्तिक ४ गते मनाउने निर्णय गरेको हो । बैठकले कात्तिक २ गते काग तिहार, ३ गते कुकुर तिहार, ४ गते लक्ष्मीपूजा, ५ गते म्हः पूजा, नेपाल संवत् र ६ गते किजा पूजा तथा भाइटिका मनाउने निर्णय गरेको नेवाः दे दबूका कृष्णबहादुर घजुले जानकारी दिनुभयो ।
    भक्तपुर नगरका नेवार समुदायले भने म्हः पूजा कात्तिक ४ गते गर्ने भएका छन् भने किजा पूजा (भाइटिका) कात्तिक ५ गते गर्ने भएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गत असोज २२ गते बसेको भक्तपुरको तलेजुका पूजारी तथा ज्योतिषहरूको बैठकले सो निर्णय गरेको हो । 
    बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, तलेजुका पूजारी प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशीलगायत सहभागी हुनुहुथ्यो । भक्तपुरका नेवार समुदायमा कुनै चाडपर्व मनाउन तिथिमा अन्योल उत्पन्न भए तलेजु र लायकूको निर्णायानुसार गर्ने प्रचलन रहेको छ ।
    सोही अनुसार यसवर्ष पनि तिथि घटबढका कारण तिहार मनाउन अन्योल उत्पन्न भएपछि तलेजु र लायकूका पूजारी, ज्योतिषि र नायो पमाःहरूको बैठकले पर्व मनाउने दिन र समयका बारेमा निर्णय गरी सार्वजनिक गरेको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.