सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ


  •    न्युजभित्तो/२३ श्रावण २०८२, बिहीबार १४:०६ 
  • दमक (झापा), २२ साउन । जिल्लाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । कमल-६ का विष्णुप्रसाद बगाले र गङ्गाबहादुर खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    प्रहरीको टोलीले कमल–७ गेउरियामा फार्मेसी सञ्चालन गर्दै आउनुभएका बगालेको मङ्गलबारेस्थित घरबाट सात हजार १६० थान प्रतिबन्धित औषधिसहित बुधबार साँझ पक्राउ गरेको हो ।

    बगालेको घरमा लुकाइछिपाइ राखेको ट्रामाडोल तीन हजार थानसहित अन्य सात हजार १६० थान प्रतिबन्धित औषधि फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार दमकमा औषधि पसलको थोक बिक्रेता गर्दै आउनुभएका खड्का र बगालेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

    छ महिनामा लागुऔषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता

    यसैबीच, प्रनाउ तिमल्सिनाले कमाण्ड सम्हालेयता छ महिनाको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । गत माघ १ गतेदेखि हालसम्म लागुऔषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता भएका छन् भने ५३ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको उहाँले उल्लख गर्नुभयो ।

    उहाँका अनुसार गत माघ १ देखि हालसम्म ब्राउनसुगर ६१ ग्राम ७०० मिलिग्राम , ट्रामाडोल ९१ हजार ६६५ ट्याब्लेट, स्पास्पेन ३० हजार १६६ चक्की, स्पास्म एक हजार ६०९ चक्की, गाँजा एक किलो ४०० ग्राम बरामद गरिएको छ । प्रनाउ तिम्सिनाले आफू दमक आएपछि शान्ति सुरक्षा व्यवस्थापन, अपराध न्यूनीकरण र अपराध अनुसन्धानमा महत्त्वपूर्ण कार्य भएको दाबी गर्नुभयो ।

    उहाँका अनुसार पछिल्लो छ महिनामा सवारी ज्यानसम्बन्धी नौ वटा मुद्दा दर्ता भई नौ जना पक्राउ, कर्तव्य ज्यानसम्बन्धी तीन वटा मुद्दा दर्ता भएकोमा तीनैजना पक्राउ परेका छन् । त्यस्तै आर्थिक अपराधसम्बन्धी ३६ वटा मुद्दा दर्ता भएकामा एघार जना पक्राउ परेका छन् भने २५ जना फरार रहेको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.