सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड


  •    न्युजभित्तो/२० श्रावण २०८२, सोमबार १२:३१ 
  • वीरगञ्ज (पर्सा), १९ साउन । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाभरि लाग्ने सो मेलामा खासगरी साउने सोमबार भने भक्तजनको अत्यधिक घुइँचो लाग्ने गरेको छ । दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आइतबार दिउँसोदेखि नै भक्तजनको उपस्थिति बढेको बताउनुभयो ।

    ‘छिमेकीमूलुक भारतको विहार र उत्तरप्रदेशका भक्तजन धेरैजसो ट्र्याक्टरमा सवारी गरेर आउने गर्नुहुन्छ,’’ उहाँले भन्नुभयो,‘‘आइतबारबेलुकादेखि भक्तजनहरु आउनेक्रम ह्वात्तै बढेको छ । आज बिहानैदेखि भक्तजनहरु लामवद्ध भएर भगवानको दर्शनको लागि मन्दिर परिसरमा लामबद्ध भएर दर्शन र पूर्जाअर्चना बसिरहनुभएको छ ।’’

    अध्यक्ष थारूले कतिपय भक्तजन आइतबार रातको समयमा महादेव भगवानको आराधाना गरेर सोमबार बिहानै दुग्धेश्वरनाथ महादेव र पार्वतीको मन्दिरमा जल चढाएर फर्किने बताउनुहुन्छ ।‘‘हाम्रो आफ्नै धर्मशालामा करिब एक हजारभन्दा धेरै दर्शनार्थी अट्ने गर्नुहुन्छ,’’ उहाँले भन्नुभयो । दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष ग्यानलाल पटेलले दुग्धेश्वरनाथ महादेव मन्दिर दर्शन गर्नका लागि आउने दर्शनार्थीमध्ये ७५ प्रतिशत भारतीय हुने बताउनुहुन्छ ।‘‘दुग्धेश्वरमहादेव मन्दिरप्रति आस्था र सद्भाव राख्ने दर्शनार्थीको मनोकांक्षा पूरा हुने भएकाले पनि आउनलाई तछाडमछाड जस्तै हुने गर्छ,’’ उहाँले भन्नुभयो,‘‘समितिले साउन महिनाभर चल्ने मेलाका लागि अस्थायी बसोबासको लागि त्रिपाल शौचालय, खानेपानी लगायतको प्रबन्ध गर्दै आइरहेका छौँ ।’’

    मेला समितिका अध्यक्ष ग्यानलाल पटेलले पर्साजिल्लाबाट सङ्घीय र प्रदेश गरेर पाँच जना मन्त्री भए पनि भाथाधामको लागि आवश्यक सहयोग प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । ‘‘भाथाधामको लागि हामीले व्यवस्थित खालको धर्मशालाको काम अघि बढाए पनि अझैसम्म पनि अधुरै रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘धाममा बिजुली, खानेपानी लगायतको अभाव भए पनि त्यसको परिपूर्तिको लागि कसैको पनि सहयोग प्राप्त गर्न सकिरहेका छैनौँ ।’’ पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ । मेला समितिका अध्यक्ष पटेलले आज भारतीय र नेपाली दशनार्थीको अत्यधिक उपस्थिति हुने भएकाले पनि व्यवस्थित गर्न पनि हम्मेहम्मे पर्ने बताउनुभयो । अध्यक्ष पटेलले आज मात्रै एक लाखभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्ने दाबी गर्नुभयोे ।

    पर्टेवा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले पनि दुग्धेश्वरनाथ मेलालाई लक्षित गर्दै अस्थायी शौचालय र सडकको मर्मतसम्भारको काम गर्दै आइरहेको बताउनुभयो ।‘‘दुग्धेश्वरमहादेव मन्दिर यहाँको आस्थाको धरोहरको रुपमा रहेको छ । यसको संरक्षण र प्रवद्र्धनको लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ,’’ उहाँले भन्नुभयो । मन्दिर दर्शन गर्न दशनार्थी चारपाङ्ग्रे सवारीसाधन, ट्र्याक्टर, मोटरसाइकल र पैदल हिँडेरै आउने गर्छन् । धेरैजसो दशनार्थी मोटरसाइकल र ट्र्याक्टर चढेर आउने गर्छन् ्। मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ । यो मन्दिर वीरगञ्जबाट सवारीसाधनमा डेढदेखि दुई घण्टाको यात्रापछि पुगिन्छ । राष्ट्रिय निकुञ्जभित्रपर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका सात बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ । अन्य सिजनमा भने पूर्णतया यहाँ जान रोक लगाइने गरिन्छ । पर्साको जगनाथपुर गाउँपालिकाबाट दुग्धेश्वर महादेवको आइतबार दर्शन गर्न आउनुभएकी विष्णु देवीले महादेव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिएर दर्शन गर्न आएको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.