सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र


  •    न्युजभित्तो/१३ जेष्ठ २०८२, सोमबार ११:३० 
  • ढोरपाटन (बागलुङ), १२ जेठ । बागलुङ गलकोट नगरपालिका–६ स्थित मजुवा–नेपाने सडक कालोपत्र गरिएको छ । ‘ट्रयाक’ खुलेको २२ वर्षपछि उक्त सडक कालोपत्र गरिएको हो । करिब आठ किलोमिटर लामो रहेको यो सडक विसं २०६० मा ‘ट्रयाक’ खुलेको थियो । सडक खुलेको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीय कालोपत्र भएपछि खुसी भएका छन् ।

    ग्रामीण क्षेत्रलाई बजारसँज जोड्नका लागि निर्माण भएको यस सडकले गलकोट नगरपालिकाको मजुवासहित कादेस, ठानालगायतका एक दर्जन गाउँबस्तीलाई जोडेको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले कालोपत्र गरिएको हो । पूर्वाधार विकास कार्यालय बागलुङमार्फत काम भइरहेको छ ।

    निर्माण कम्पनीले पहिलो चरणमा करिब दुई किलोमिटर सडक कालोपत्रका गर्नका लागि रु दुई करोड १३ लाख १४ हजार ७२६ मा जिम्मा पाएको पूर्वाधार विकास कार्यालय बागलुङका इञ्जिनियर चन्द्र पुनले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको छ । सडक कालोपत्रका लागि एम÷एस जेभीले जिम्मा पाएको उहाँको भनाइ छ ।

    विसं २०८१ जेठ १८ गते सडक निर्माणका लागि सम्झौता भएको पुनले बताउनुभयो । अब काम गर्ने समयावधि आगामी असार १८ गतेसम्म रहेको उहाँको भनाइ छ । यस वर्ष नाली निर्माण, कालोपत्र तथा ढलानको काम भएको इञ्जिनियर पुन बताउनुहुन्छ । निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा समयमै सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

    गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक खुलेको दुई दशकसम्म कालोपत्र नहुँदा नागरिकलाई यात्रा र सामान ढुवानी गर्न समस्या भएको बताउनुभयो । नगरपालिकाको सडक कालोपत्रका लागि बजेट कम हुने हुँदा अहिलेसम्म गर्न नसकिएको उहाँको भनाइ छ । प्रदेश सरकारले गत वर्षदेखि चासो दिएर बजेट विनियोजन गरेपछि काम भएको भण्डारीले बताउनुभयो ।

    प्रवक्ता भण्डारीले भन्नुभयो, “यो सडकले गलकोटमा थुप्रै गाउँबस्तीलाई जोडेको छ, बर्खा लाग्ना साथ गाडी हिलोमा फस्ने हुँदा निकै सास्ती थियो, हिउँदमा धुलोले सडक छेउका घरहरु ढपक्कै ढाकिन्थे, अब त्यो समस्या समाधान हुने भयो, गाउँमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल पनि सहज रुपमा बजार ल्याउन सकिने भएको छ, यसबाट सबैभन्दा बढी किसान लाभान्वित हुने छन् ।रासस”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.