सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण


  •    न्युजभित्तो/१२ जेष्ठ २०८२, आईतवार ११:३२ 
  • भरतपुर (चितवन), ११ जेठ । चितवनको पर्यटकीय नगरी सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण दिइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजना भएको प्रशिक्षणमा सहभागी माहुतेहरुलाई हात्तीको स्याहारसुसार, सफारी व्यवस्थापन तथा कानुनी प्रावधानहरुका बारेमा तालिम दिएको हो ।

    कार्यक्रम कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष शम्भुप्रसाद मालीका अनुसार बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनको सहयोगमा प्रशिक्षण दिइएको हो ।

    चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्ताबहादुर मगर पर्यटन क्षेत्रको सकारात्मक सन्देश प्रवाह गर्न माहुतेहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सफारीमा चढेका पर्यटकलाई राम्रो व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले हात्ती सफारी गर्दा निकुञ्जको कानुन र हात्तीको स्वास्थ्यमा ख्याल गर्न माहुतेलाई आग्रह गर्नुभयो ।

    बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बिपी चौधरीले चितवनको सफारी पर्यटनमा हात्ती र माहुते दुवैको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सफारी पर्यटनकै कारण सामुदायिक वनको आम्दानी उल्लेख्य रहेको भन्दै उहाँले आम्दानीको अधिकांश हिस्सा संरक्षणमा खर्च गर्दै आएको जानकारी दिनुभयो ।

    युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले अधिकारका कुरा उठाएर सौराहाको सफारी पर्यटन कमजोर बनाउन खोजिएको भन्दै यसतर्फ व्यवसायीहरु सचेत रहेको बताउनुभयो । चितवनको पर्यटन जोगाउन व्यवसायीले हात्ती पालेको भन्दै उहाँले सफारी पर्यटनको विकासका लागि हात्ती र माहुतेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो ।

    कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्ताबहादुर मगरले राष्ट्रिय निकुञ्जका बारेमा जानकारीसहित सफारीका क्रममा वन्यजन्तु देखाउँदा अपनाउनुपर्ने सावधानी, भेटेरिनरी डा अमिर सडौलाले हात्ती सफारीमा पाहुनासँग गर्ने व्यवहार, लैङ्गीक समानता, हात्ती र मानिसमा सर्नसक्ने रोग तथा भेटेरिनरी प्राविधिक किरणराज रिजालले स्वस्थ हात्ती र अस्वस्थ हात्तीको पहिचानका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.