सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध


  •    न्युजभित्तो/१ जेष्ठ २०८२, बुधबार १५:३० 
  • काठमाडौं, ३१ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ ।

    नेपाल शिक्षक महासंघले पनि बिदामा पढाउन शिक्षकहरूलाई निर्देशन दिएपछि मन्त्रालयले पठनपाठनको व्यवस्था मिलाउन सबै निकायलाई भनेको हो ।

    ‘विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन हुन सबै स्थानीय तह, विद्यालय तथा सरोकारवाला वर्गलाई मन्त्रालय विशेष अनुरोध गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    शिक्षक महासंघले गत चैत २० देखि २९ दिन शैक्षिक हड्ताल गरेर सडक आन्दोलन गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.