सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक ३७ प्रतिशत घटे


  •    न्युजभित्तो/२१ बैशाख २०८२, आईतवार १८:२४ 
  • चितवन, २१ बैशाख । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्यामा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०/८१ चैत महिनाको तुलनामा चालु आव २०८१/८२ चैतसम्म चितवन निकुञ्ज घुम्न आउने पर्यटक ३७ प्रतिशतले कमी आएको देखिएको छ । निकुञ्जका अनुसार गत आव चैतसम्म २ लाख ५० हजार ३ सय ६७ आन्तरिक तथा वाह्य पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

    चालु आव चैत मसान्तसम्म भने १ लाख ८२ हजार २ सय २७ पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए । उनका अनुसार चालु आव चैतसम्म ९२ हजार ८ सय ९० नेपाली, सार्कका १६ हजार ७ सय ९८ र तेस्रो देशका ७२ हजार ५ सय ३९ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

    चैतसम्म ६ हजार ७ सय ८३ वटा जिपमा उनीहरूले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा ५० हजार १ सय नेपाली पुरुष र ४२ हजार ७ सय ९० नेपाली महिला छन् । गत आव चैतसम्म १ लाख ५० हजार नेपाली, २३ हजार ६ सय ३८ सार्कका र ७५ हजार ९ सय ४४ तेस्रो मुलुकका पर्यटकले निकुञ्ज घुमेका थिए ।

    प्रमुख संरक्षण अधिकृत पन्तले निकुञ्जमा आफूहरू धेरै भीड बढाउने पक्षमा नभएको बताए । उनले निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्या र सफारी गर्ने जिप संख्यामा कमी आउँदा पर्यटकसँगै राजस्व घटेको भने बताए । पर्यटक र राजस्व लक्ष्य यति नै भन्ने नहुने भन्दै पन्तले गुणस्तरीय पर्यटकमा जोड दिइएको बताए । उनले आफूहरूको ध्यान संरक्षणमा केन्द्रित रहेको दाबी गरे । पन्तले यस्तो दाबी गरे पनि गत वर्ष निकुञ्जमा जिप सफारी निकैपछि खुल्नु, असोजमा बाढी आएको घटनाले पर्यटक संख्यामा कमी देखिएको हो । अघिल्लो आव चैतसम्म १ लाख ५० हजार नेपालीले निकुञ्ज भ्रमण गरेकोमा चालु आव चैतमा घटेर ९२ हजारमा अडेको छ ।

    चैतसम्म ६ हजार ७ सय ८३ वटा जिपमा उनीहरूले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा ५० हजार १ सय नेपाली पुरुष र ४२ हजार ७ सय ९० नेपाली महिला छन् । निकुञ्जभित्र जिपमा मात्रै पर्यटक घुम्ने गरेका छन् । निकुञ्जभित्र हात्ती लैजान रोक लगाइएको छ । प्रतिजिप निकुञ्जले ५ हजार लिने गर्दछ । निकुञ्जमा नेपाली पर्यटकसँग प्रतिव्यक्ति १ सय ५० रुपैयाँ, सार्क पर्यटकसँग १ हजार र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गरिन्छ ।

    चितवनमा मुख्यगरी निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडाजस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर र थारू संस्कृति हेर्न पर्यटक आउने गर्दछन् । पर्यटक हात्ती, जिप, पैदल, डुंगाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । यसरी घुम्न पर्यटकले टिकट काट्नु पर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.