सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौं जिल्ला अदालतमा रविको बयान जारी


  •    न्युजभित्तो/२८ पुष २०८१, आईतवार १५:५४ 
  • काठमाडौं, २८ पुस । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान करिब तीन घण्टादेखि चलिरहेको छ ।

    काठमाडौं जिल्ला अदालतमा बयान चलिरहँदा अदालत परिसरबाहिर रास्वपाका कार्यकर्ता तथा उनका शुभेच्छुकहरू जम्मा हुँदै गएका छन् ।

    न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान चलिरहेको छ ।

    स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाको थुनछेकसम्बन्धी बयानका लागि पूर्वगृहमन्त्री लामिछाने आज अदालतमा उपस्थित भएका हुन् ।

    गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो । सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
    विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता: मुख्यमन्त्री आचार्य
    यात्रुको सुरक्षा सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
    • राससका वरिष्ठ सम्पादक बस्नेतसहित दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान
    • ‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
    • होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
    • निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.