सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै रवि लामिछाने


  •    न्युजभित्तो/२८ पुष २०८१, आईतवार ११:१८ 
  • काठमाडौं, २८ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

    कास्की जिल्ला अदालतको आदेश बमोजिम बिहीबार धरौटीमा छुटेका लामिछाने काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं अदालतमा उपस्थित हुन लागेका हुन् । लामिछाने आइतबार बिहान साढे ८ बजे नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने रास्वपा कोषाध्यक्ष एवं लामिछानेका सहयोगी दीपक बोहोराले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख रूपैयाँ धरौटीमा रिहा भएका थिए ।​ उनीसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका थिए । न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविलगायतलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । रवि उपस्थित भएपछि आइतबार नै अदालतमा बयान शुरू हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.