सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छः गृहमन्त्री लेखक


  •    न्युजभित्तो/१८ पुष २०८१, बिहीबार १३:५५ 
  • काठमाडौँ, १८ पुस । गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान कन्द्रित गरेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएसरजिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ भन्नुभयो ।

    गृहमन्त्री लेखकले भन्नुभयो “ चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएसरजिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणलाई अन्य पालिकाले पनि सिक्नुपर्ने र कार्यान्वयनमा ल्याउनुपर्ने काम हो । यसका लागि संघीय सरकारले सहयोग गर्नेछ । ”

    चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै स्मार्टसिटी बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिँदै यसकार्यलाई जिपिएसरजिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले डिजिटल घर नम्बर तथा सडक चोकको नामकरण सहितको प्लेट जडान गर्नु एउटा कामको सुरुआत मात्र हो, वास्तविक कार्य अब सुरुआत हुने छ भन्नुभयो । उहाँले भन्नुभयो “यसैका आधारमा नगरपालिकाका सबै सेवालाई क्रमशः एकीकृत गरी सेवा प्रवाह हुने प्रयास गरिने छ । ”

    कार्यक्रममा सांसदद्वय राजेन्द्रकुमार केसी र कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै ‘स्मार्टसिटी’ बनाउने लक्ष्यलाई जिपिएस÷जिआइएस प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी चन्द्रागिरि – १५ का वडाध्यक्ष घनश्याम लुईँटेलले चन्द्रागिरिलाई ‘स्मार्टसिटी’मा रुपान्तरण गर्ने कार्यमा साथ र सहयोग पुर्‍याउन नगरवासीसंग आग्रह गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.