सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसमेत जोडिएको मुद्दामा थुनछेक बहस सुरु
न्युजभित्तो/१६ पुष २०८१, मंगलवार १५:२३
काठमाडौँ, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा मंगलबार दिउँसो थुनछेक बहस सुरु भएको छ।
जिल्ला अदालत कास्कीमा मंगलबार साढे १ बजेसम्ममा सबै प्रतिवादीको बयान सकिएको हो। त्यसपछि साढे २ बजे थुनछेक बहस सुरु भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए।
पक्राउ परेका ७ जना प्रतिवादीकै बयान न्यायाधिश नितिज राईको इजलासमा सकिएपछि थुनछेक बहस सुरु भएको हो।
सुरुमा अभियोजन पक्ष सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। पुनः अभियोजन पक्षले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ।
लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अभियोगपत्रसाथ उपस्थित गराइएको छ। आरतीको भने मंगलबार नै बयान गराइएको थियो।
विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।