सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त छ: उपप्रधानमन्त्री सिंह


  •    न्युजभित्तो/१५ पुष २०८१, सोमबार १७:०४ 
  • काठमाडौँ, १५ पुस । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र प्राप्तिपछि विभिन्न जातजाति र समुदायले आआफ्ना संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको बताउनुभएको छ ।

    तमु ल्होसार मुल आयोजक समितिद्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्वसको उद्घाटन गर्दै उहाँले बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित र समृद्ध तुल्याउने मौका मिलेको बताउनुभयो ।

    उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “नेपालको पहिचान र अमूल्य निधिका रूपमा रहेको विभिन्न जातजातीका भाषा, वेशभूषा, रितिरिवाज, रहनसहन तथा संस्कार र संस्कृतिलाई वर्तमानमा सक्रियताका साथ जोगाउने र भविष्यका सन्ततीलाई हस्तान्तण गर्न आवश्यक छ ।”

    ठूलो त्याग र बलिदानबाट प्राप्त अधिकारलाई सुरक्षित र सम्वर्द्धन गर्न समाजका सबै पक्षले अरूलाई अप्ठ्यारो नपर्ने ढङ्गबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले महोत्सवले तमू समुदायको कला, संस्कृति, पहिचान कायम राख्न अत्यन्तै जागरूक हुनुहुन्छ भन्ने स्पष्ट पारेको धारणा राख्नुभयो ।

    सो अवसरमा पूर्वमन्त्रीत्रय देवप्रसाद गुरूङ, सीता गुरूङ, पार्वत गुरूङलगायतले कला, संस्कृति, वेशभूषा, नाचगान, चार्डपर्व मनाउने हिसाबले नेपालमा गुरूङ समुदाय समृद्ध रहेकाले यसको संरक्षण र सम्वर्द्धनमा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    त्यस अवसरमा गुरूङ समुदायबाट समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरियो । नेपालमा पछिल्लो जनगणनाअनुसार गुरूङ समुदायको जनसङ्ख्या पाँच लाख ४५ हजार सात सय ९१ रहेको छ ।

    आदिवासी जनजाति समुदायका रूपमा रहेको गुरूङ समुदाय जल, जङ्गल र जडिबुटीसँग संरक्षण र सामिप्यमा रहने विश्वासिलो र सहासिक जातिका रूपमा विश्वभर पहिचान स्थापित छ । गुरूङ समुदायको गण्डकी प्रदेशमा बाक्लो बसोबास रहेको छ । गुरूङ समुदायको रोदीलाई समुदाय चलाउने र ज्ञानको स्तर बढाउने महत्त्वपूर्ण संस्कार र संस्कृतिका रूपमा लिने गरेको पाइन्छ । उक्त समुदायले यस वर्षलाई गरूडको बिदाइ र सर्पको स्वागत गर्दै मनाएका छन् ।

    संविधानमा व्यवस्था भएअनुसार गुरूङ समुदायले आफ्नो भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता प्रदान गरी व्यावहारिक रूपमा कार्यान्वयन गर्न माग गर्दै आएको छ ।

    तमु ह्युल छोज धिं गुरूङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरूङले संसारभर नै सहासिक जातिका रूपमा पहिचान स्थापित गरेको गुरूङ समुदायको चाडपर्व, भाषा तथा संस्कृतिको संरक्षमा सरकारलाई विशेष ध्यान पुर्‍याउन आग्रह गर्नुभयो । महोत्सवका अवसरमा गुरूङ जातिको पहिचान, वेशभूषा र संस्कृति झल्कने झाँकी प्रस्तुतिका साथै समुदायको पहिचान र परिचय दिने १०० बढी खानपिनसहितको प्रदर्शन कक्षको व्यवस्था गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.