सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना


  •    न्युजभित्तो/१० पुष २०८१, बुधबार १४:०९ 
  • काठमाडौँ, १० पुस । सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान चाड क्रिसमसको अवसरमा पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको बताउनुभएको छ ।

    सभामुख घिमिरले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्दै उक्त शुभकामना व्यक्त गर्नुभएको छ ।

    “क्रिसमस केवल एउटा धार्मिक पर्व मात्र होइन, यो सम्पूर्ण मानव समाजका लागि सहिष्णुता र परोपकारको सन्देश बोकेको पर्व हो, यसले हामीलाई प्रेम र भाईचारा प्रवर््द्धधन गर्न सिकाउँछ”, सन्देशमा भनिएको छ, “हाम्रा पर्वले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको छ, क्रिसमस पनि यसैको एक अनुपम उदाहरण हो, जहाँ हामी सबैले एक आपसमा खुशी साटासाट गर्छौँ ।”

    सभामुख घिमिरले नेपालको संविधानले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको व्यवस्था गरी हरेक धर्म, संस्कार र संस्कृतिको सम्मान सुनिश्चित गरेको र देशको सामाजिक सद्भावलाई अझ सुदृढ बनाएको बताउनुभएको छ ।

    “शान्ति, प्रेम र सह–अस्तित्वको पर्व क्रिसमसले शान्ति, सद्भाव र एकता विकास गर्न सकोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ,” नेपाल विविध जातजाति, धर्म, र संस्कृतिको संगमभूमि हो, संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कार र परम्परा पालन गर्ने स्वतन्त्रता दिएको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.