सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कास्की अदालतमा रवि लामिछानेको बयान आजै लिने तयारी


  •    न्युजभित्तो/९ पुष २०८१, मंगलवार ११:१४ 
  • काठमाडौं, ९ पुस । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दाका प्रतिवादीको बयान आज पनि जिल्ला अदालत कास्कीमा जारी रहने भएको छ ।

    सोमबार पहिलो दिन गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छबिलाल जोशीको मात्र बयान भएको छ। उनको पनि बयान अझै बाँकी रहेकाले मंगलबार निरन्तर रहने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। उनका अनुसार जोशीको बयान सकिए अन्य प्रतिवादीको बयान शुरु हुनेछ ।

    पहिलो चरणमा अदालतमा उपस्थित पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको बयान सक्ने तयारी गरिएको छ। लामिछानेको बयान मंगलबार नै शुरु हुनसक्ने उनको भनाइ छ। अन्य प्रतिवादीको हकमा भने दोस्रो चरणमा बयान लिने अधिकारीले बताए।

    प्रतिवादीहरुको बयान लिने क्रम लम्बिने हुँदा थुनछेकको बहस शुुरु हुन समय लाग्ने देखिएको छ। प्रतिवादीको बयान सकिए पछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेकपछि मात्रै अभियुक्तहरुलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि मुद्दा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश हुनेछ । मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.