चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा शारदा थपलिया
न्युजभित्तो/७ पुष २०८१, आईतवार २१:०९
चितवन, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय सहित तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा. डा शारदा थपलिया, नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयमा प्रा. डा. वेदराज केसी उपकुलपतिमा नियुक्ति हुनु भएको हो ।
छनौट सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले उपकुलपतिहरुमा नियुक्ति गर्नुभएको हो । प्रा. डा थपलिया यस अघि सोही विश्वविद्यालयको रजिष्ट्रार हुनुहुन्थ्यो ।