सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड


  •    न्युजभित्तो/३ पुष २०८१, बुधबार १५:३० 
  • गण्डकी, ३ पुस । सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

    यहाँ सम्पन्न १०औँ अन्तरव्यवस्थापिका सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संसद्को काम प्रभावकारी भए सरकारको काम पनि प्रभावकारी हुने बताउनुभयो ।

    सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न सम्मेलनमा व्यवस्थापिकाको सक्रियता बढाउन महत्वपूर्ण छलफल गरिएको जानकारी दिँदै सभामुख घिमिरेले सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूची निर्माण गरिने बताउनुभयो । सरकारसँग परामर्श गरी सङ्घ र प्रदेशसभासँग सम्बन्धित ऐन तथा नियम बनाउने जानकारी उहाँले दिनुभयो ।
    सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनकानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउँदै उहाँले संसद्को आगामी अधिवेशनले ती कानुन पारित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति आवश्यक कानुुनी व्यवस्था गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको बताउनुभयो । सम्मेलनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातै प्रदेशका सभामुख, उपसभामुख, सचिवलगायत सहभागी हुनुहुन्थ्यो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.