सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस


  •    न्युजभित्तो/३ पुष २०८१, बुधबार ११:३८ 
  • मस्को, ३ पुस । आफूहरूले क्यान्सर विरुद्धको खोप तयार पारेको दाबी रुसको स्वास्थ्य मन्त्रालयले गरेको छ । यो खोप आफ्ना नागरिकलाई सित्तैमा लगाइने मन्त्रालयले भनेको छ ।

    डेली मेलमा छापिएको एउटा समाचारका अनुसार रुसको स्वास्थ्य मन्त्रालयमातहतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टका प्रमुख एन्ड्री काप्रिनले भनेका छन् कि खोपलाई सन् २०२५ को सुरुमा लन्च गरिनेछ ।

    खबरका अनुसार यो खोपबाट क्यान्सर निको हुनेछ । यसले ट्यूमर बन्नबाट भने रोक्ने छैन । खोपको हरेक मात्रा बिरामीका लागि छुट्टा छुट्टै तयार पारिने वैज्ञानिकहरूले भनेका छन् । यो खोप पश्चिमी देशमा बनाइरहेको क्यान्सर विरुद्धको खोप जस्तै भएको बताइएको छ । तर अहिलेसम्म यो खोपले कसरी क्यान्सरको निको पार्छ भनेर चाँहि स्पष्ट बताइएको छैन ।

    यो खोपको कत्तिको प्रभावकारी हुनेछ वा रुसले यसलाई कसरी लगाउनेछ भन्ने जस्ता जानकारी पनि आएका छैनन् । न त मन्त्रालयले खोपको नाम नै सार्वजनिक गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै आफ्नो देशका वैज्ञानिकहरूले क्यान्सर विरुद्धको खोपमा काम गरिरहेको र उनीहरू अन्तिम चरणमा पुगेको बताएका थिए । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.