सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रविविरुद्धको अनुसन्धान पूरा, मुद्दा दायरको तयारी


  •    न्युजभित्तो/१ पुष २०८१, सोमबार ११:१२ 
  • काठमाडौं, १ पुस । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेको छ। रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ र जीबी राईनिकट लिला पछाइँसहित ५ जनाविरुद्धको अनुसन्धान पूरा गरी मंगलबारसम्म रायसहितको प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको हो।

    उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजनका लागि सिफारिस गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीको तयारी छ । आगामी ६ पुससम्म मुद्दा अदालतमा पुर्‍याउनुपर्ने भएकाले मंगलबारसम्म प्रहरीले अनुसन्धान प्रतिवेदन दिए त्यसैका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन लैजाने छ।

    सूर्यदर्शनको १ अर्ब ११ करोड अपचलन भएकोमा साढे १० करोड गोर्खा मिडिया ग्रुपमा आएको महानगरपालिका र संसदीय विषेश छानविन समितिको प्रतिवेदनमा उल्लेख छ। त्यसमध्ये १ करोड रुपैंयाँ लामिछानेको नामबाट आएको उल्लेख छ। सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेपछि थुनछेक बहस हुनेछ । जसले लामिछानेसहितका आरोपीलाई थुना बाहिर राख्ने या कारागार पठाउने भन्ने टुंगो लाग्ने छ।

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा सहकारीका सञ्चालक एवं गोर्खा मिडिया ग्रुपका कुमार रम्तेलसहित ६ जनालाई पहिले नै पक्राउ गरिएकोमा अहिले पुर्पक्षका लागि हिरासतमा छन्। सोही प्रकरणको पुरक मुद्दाका लागि पूर्वडीआइजी जोशीलाई गत असोज ६ र रास्वपा सभापति लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो।

    जोशी र लामिछानेसहित दोस्रो चरणमा पक्राउ परेकाविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको थियो। सहकारीको रकम अपचलनका मुख्य आरोपी जीबी राई भने फरार छन। उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भैसकेको छ भने राहदानी रोक्का गरिएको छ।

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा ६० जना आरोपी छन् जसमध्ये ५१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.