सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारत भ्रमणको तयारीमा जुटे प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२८ मंसिर २०८१, शुक्रबार १६:३४ 
  • काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको आन्तरिक तयारीमा जुटेका छन् । सोही तयारी समेतका लागि परराष्ट्रमन्त्री डा।आरजु राणा (देउवा) पुस ३ गते दिल्ली पुग्दैछिन् ।

    हाल युरोपमा भ्रमणमा रहेकी राणा त्यतैबाट दिल्ली पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । पुस ५ गते दिल्लीमा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स तय भएको छ । सो कन्फरेन्समा सहभागी हुने राणाले दिल्लीमै विदेशमन्त्री एस।जयशंकरलगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतको भनाइ छ । भेटका क्रममा उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा आवश्यक छलफल गर्ने बताइएको छ ।

    परराष्ट्र स्रोतका अनुसार २०२५ जनवरीको पहिलो वा दोस्रो साताभित्र प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन गरी तयारी थालिएको छ ।

    परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समेत समन्वय गरी आन्तरिक तयारी गरिरहेको स्रोतको भनाइ छ । ओलीको भारत भ्रमणको आन्तरिक गृहकार्य चल्दै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव त्यही कारण अहिले दिल्ली पुगेका छन् ।

    यसअघि भारतले चासो नदिएपछि प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । दिल्लीले निमन्त्रणा दिएको भए प्रधानमन्त्री चीन भन्दा पहिले भारत भ्रमणमा जान्थे । तर उताबाट निमन्त्रणा नआएको कारण उनी चीन गएका थिए ।

    उसो त प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्केलगत्तै आफू चाँडै भारत भ्रमणमा जाने बताउँदै आएका छन् । चीन जानुअघि पनि उनले आफू फर्के लगत्तै भारत भ्रमणमा जान अभिव्यक्ति दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.