सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ


  •    न्युजभित्तो/२८ मंसिर २०८१, शुक्रबार १५:२६ 
  • काठमाडौँ, मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । ब्रिजवाटर कलेजद्वारा आज यहाँ आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षा शब्द आफैँमा गुणस्तरीय भएको बताउनुभयो ।

    शिक्षा क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान भएको उल्लेख गर्नुहुँदै मन्त्री पौडेलले गुणस्तरीय नभनीकनै शिक्षा शब्दले राम्रो शिक्षा भनेको भन्ने बुझिने गरी गुणस्तरको सुनिश्चितता गरिनुपर्ने बताउनुभएको हो । राष्ट्रिय स्रोतलाई सुनिश्चित बनाउने गरी सबै क्षेत्रले काम गर्नुपर्ने भनाइ पनि उहाँको थियो ।
    हुनेबाट लिएर नहुनेलाई राज्यले सहयोग गरी अभिभावकत्व ग्रहण गरेर सहयोग गर्नुपर्नेमा मन्त्री पौडेलको भनाइ थियो । कार्यक्रममा मन्त्री पौडेलले पत्रकार दिलभूषण पाठकलाई सम्मान गर्नुभएको थियो । पाठक खोतल्न सक्ने र लोभ नभएको पत्रकारिता क्षेत्रको व्यक्तित्व भएकाले पछ्याउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा आर्थिक क्षेत्रका विशिष्ट व्यक्तित्व गोविन्द खनाललाई पनि मन्त्री पौडेलले सम्मान गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.