सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापामा प्रधानमन्त्रीले आज खानेपानी उद्घाटनदेखि भेला सम्बोधन गर्ने


  •    न्युजभित्तो/२४ मंसिर २०८१, सोमबार ११:१२ 
  • झापा, २४ मंसिर । गृह जिल्लामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि दिनभर व्यस्त हुने भएका छन्। प्रधानमन्त्री ओलीले आज खानेपानी आयोजना उद्घाटनदेखि बृहत् पार्टी कार्यकर्ता भेलाको सम्बोधन लगायत कार्यक्रम रहेको एमाले झापाका नेता एवं कोशी प्रदेश सभा सदस्य होम बहादुर थापाले जानकारी दिए।

    ओलीले आज बिहान १० बजे प्रधानमन्त्री ओलीले दमक–२ स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नेछन्। मध्यान्ह १२ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) जग्गाधनिपुर्जा वितरण कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम रहेको छ।

    दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्नेछन्। दिउँसो ३ बजे उनले बिर्तामोडस्थित सिटी सेन्टरमा एमाले झापा जिल्ला कमिटीको बृहत् पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्नेकार्यसूची रहेको ओलीको सचिवालयले जनाएको छ।

    हिजो बिहान झापा पुगेका प्रधानमन्त्री ओलीले जिल्ला पुग्नासाथ मानवसेवा आश्रम जिल्ला शाखा झापाको भवन उद्घाटन तथा मानवीय स्मारकको शिलान्यास गरे।

    त्यसपछि हिजो दिउँसो शहरी विकास मन्त्रालयले दमक नगरपालिका–३ मा आयोजना गरेको दमक बिजनेज टावर उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सो टावरको उद्घाटन गरे। असार ३० मा प्रधानमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक गृह जिल्ला झापा पुगेका हुन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.