सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका पत्रकार एवं हास्यकलाकार पाठकलाई ब्लड क्यान्सर, परिवारद्वारा सहयोगको अपिल


  •    न्युजभित्तो/२३ मंसिर २०८१, आईतवार ११:५० 
  • चितवन, २३ मंसिर । चितवनका पत्रकार भूपराज पाठकलाई ब्लड क्यान्सर भएको छ । माडी–४, सिम्रहनी निवासी पाठकको हाल काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार सुरु भएको छ । उनको थप उपचारका लागि भारत लैजाने तयारी पनि हुँदैछ ।

    दुई साताअघि लगातार ज्वरो आएसँगै स्वास्थ्य परीक्षण गराउँदा पाठकमा ब्लड क्यान्सर पुष्टि भएको उनका दाइ विपिन पाठकले जानकारी दिए । नेपाल पत्रकार महासंघ चितवन जिल्ला कार्यसमिति सदस्य, नेत्रहीन युवा संघ चितवनका अध्यक्ष, नगर अपांग उत्थान समाज माडीका उपाध्यक्ष एवं सामुदायिक रेडियो माडीका सञ्चारकर्मीसमेत रहेका पाठक ब्रेल लिपिमा समाचार पढ्ने पत्रकारका रुपमा समेत परिचित छन् । पाठक माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षकसँगै लोकदोहोरी तथा हास्य कलाकारका रुपमा पनि आफ्नो परिचय बनाएका थिए ।

    यसअघि पाठककी आमालाई पनि क्यान्सर देखिएपछि गत वर्ष भारतको नयाँदिल्ली लगेर उपचार गरिएको थियो । आमाको उपचार नसकिँदै पाठकमा समेत क्यान्सर देखिएपछि परिवारमा अर्को बज्रपात परेको छ । पाठकको उपचारमा कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । पाठकमा ब्लड क्यान्सरजस्तो असाध्य र महँगो उपचार खर्च लाग्ने रोग देखिएसँगै उनको उपचारमा सहयोग गरिदिन पाठक परिवारले सबैमा अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.