सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रविलाई अपराधीजस्तो व्यवहार गरेको भन्दै रास्वपाले गुहार्‍यो मानवअधिकारकर्मी


  •    न्युजभित्तो/२१ मंसिर २०८१, शुक्रबार १६:३२ 
  • काठमाडौँ, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेको डायरी हिरासतबाटै गायब पारिएको आरोप लगाएको छ।

    शुक्रबार रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै लामिछानेलाई सरकारले अपराधीजस्तो व्यवहार गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी गुहारेका हुन्।

    ५ वटा सहकारी ठगीको अनुसन्धानका क्रममा रहेका लामिछानेको नैसर्गिक मानव अधिकार हनन भएको समेत रास्वपाको ठहर छ। यसलाई निर्मम कदम भन्दै औचित्य पुष्टि गर्नुपर्ने रास्वपाको चुनौती छ।

    रवि लामिछाने कसुरदार नभई एक आरोपित मात्र हुन्। सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेका छन्। अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधीजस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवं यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेकोतर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं’, झाको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधानबमोजिम कारबाही गर्न जोडदार माग गर्दछौँ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.