सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँः मन्त्री पौडेल


  •    न्युजभित्तो/२० मंसिर २०८१, बिहीबार १६:४९ 
  • भैरहवा (रुपन्देही), २० मंसिर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताउनुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्नुहँुदै मन्त्री पौडेलले व्यवसायीलाई निराश नहुन आग्रह गर्दै पछिल्लो समय अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताउनुभयो ।

    “हामी सरकारमा आउँदै गर्दा आर्थिक अवस्था, सामाजिक अवस्था लगायतमा समस्याको चाङ थियो, यो सरकार बनेपछि मानिसमा आशाको सञ्चार भएको छ”, उहाँले भन्नुभयो, “उद्योगी व्यापारीका समस्या हुन्छन्, मजदुरका समस्या हुन्छन, किशोरकिशोरीको समस्या अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।”

    उहाँले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउने बताउनुभयो । निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर रहेको उहाँको भनाइ थियो ।

    भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकाले यसको सञ्चालनमा शङ्का नगर्न आग्रह गर्दै उहाँले विमानस्थलमा अर्को टर्मिनल भवन निर्माण आवश्यक भएको बताउनुभयो । “पूर्ण क्षमताको विमानस्थल सञ्चालन गर्न थप पूर्वाधार निर्माण आवश्यक छ”, उहाँले भन्नुभयो, “एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढदैछाँै ।”

    मन्त्री पौडेलले भैरहवालाई समुन्नत र आधुनिक सहरका रुपमा विकास गरिने धारणा राख्नुभयो । उहाँले निर्माणधीन आयोजना देखाउँदै निराशा छर्ने काम भएको गुनासो गर्नुभयो । बुटवल–नारायणगढ सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

    आजदेखि सुरु नवौंँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.