सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रास्वपा समर्थक र प्रहरीबीच झडप, दुई दर्जनबढि घाइते


  •    न्युजभित्तो/१९ मंसिर २०८१, बुधबार १४:४६ 
  • चितवन, १९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि चर्को नारा लगाउँदै रास्वपाका सभापति रवि लामिछानेका समर्थक पुगेपछि भिडन्त सुरु भएको थियो । समर्थकले लामिछानेको पक्षमा नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच झडप भएको हो। रास्वपा समर्थक र प्रहरीबीचको मुठभेडले केहीबेर भरतपुरको अस्पतालरोड क्षेत्र तनावग्रस्त भयो । चोबिसकोठीबाट प्रहरी घेरा तोडेर रास्वपा समर्थक जिल्ला प्रहरी कार्यलय अगाडि पुगेपछि दोहोरो झडप भएको थियो ।

    सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दावी छ । आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको उनको दावी छ । प्रहरीको बल प्रयोगमा रास्वपा जिल्ला सभापति कृष्ण भुषाल घाइते भएका छन् । आफूसहित १५ जनाभन्दा बढी घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

    भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग दोस्रो दिन बुधबार पनि बयान लिने क्रम जारी छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बिहान साढे ८ बजेदेखि लामिछानेसँग बयान चलिरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.