सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछाने सरकारी वकिल कार्यालय चितवनमा, समर्थक सडकमा


  •    न्युजभित्तो/१८ मंसिर २०८१, मंगलवार १३:४६ 
  • चितवन, १८ मंसिर । सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयान लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ । उनलाई मंगलबार काठमाडौंबाट चितवन ल्याइएको हो । चितवन ल्याएलगत्तै बयानका निम्ति लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका निम्ति लामिछानेलाई यहाँ ल्याइएको हो ।

    उक्त सहकारीबाट ४२ करोड रुपैयाँ पाँच कम्पनीमा लगिएको प्रहरीले जनाएको छ । हिनामिना भएको रकममध्ये १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको प्रहरीले जनाएको छ । लामिछानेलाई चितवन ल्याउँदा सुरक्षाका निम्ति भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । लामिछानेका समर्थक विमानस्थलबाहिर पुगेर नाराबाजी गरेपछि प्रहरीसँग उनीहरूको धकेलाधकेल समेत भएको थियो ।

    सहारा सहकारीको रकम अपचलनका विषयमा पीडितले पछिल्लोपटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । मंसिर ७ गते चितवनमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.