सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ ’


  •    न्युजभित्तो/१८ मंसिर २०८१, मंगलवार ११:०८ 
  • काठमाडौँ, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै उहाँले उनीहरूको संवैधानिक अधिकार संरक्षण गर्दै राज्यका हरेक निकायमा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्दछ भन्नुभयो ।

    लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै समुदायका अधिकार संरक्षण गर्नुपर्ने जनाउँदै उहाँले समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, सम्मानपूर्ण जीवनयापनलगायत नागरिक अधिकार व्यवस्थापन राज्यको दायित्व भएको उल्लेख गर्नुभयो ।

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सार्वजनिकस्थल तथा कार्यस्थलमा अपाङ्गतामैत्री वातावरण निर्माण गरी उनीहरूलाई सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि कानुनी र सामाजिक सुधारको खाँचो औँल्याउँदै उहाँले त्यसका लागि राजनीतिक दलहरू र नागरिक समाजको सहयोग आवश्यक रहेको शुभकामनामा उल्लेख गरिएको छ ।

    यसवर्ष ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारा तय गरिएको छभने नेपालमा राष्ट्रिय जनगणनाअनुसार दुई दशमलव दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.