सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कांग्रेस र एमालेबीच दलीय संयन्त्र गठन


  •    न्युजभित्तो/१७ मंसिर २०८१, सोमबार १४:५८ 
  • चितवन, १७ मङ्सिर । जिल्लामा नेपाली कांग्रेस र एमालेबीच दुई दलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आइतबार उक्त संयन्त्र गठन गरिएको हो । नेपाली कांग्रेसबाट तीन र नेकपा एमालेबाट तीन जना रहने गरी संयन्त्र गठन गरिएको छ ।

    संयन्त्रमा कांग्रेसका तर्फबाट जिल्ला सभापति खनाल, सचिव ध्रुवराज पोख्रेल, वरिष्ठ जिल्ला सदस्य मिलनबाबु श्रेष्ठ रहनुभएको छ । जिल्ला उपसभापति राजीव न्यौपानेलाई आमन्त्रित सदस्यको रुपमा राखिएको छ । यस्तै नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कमल पाठक, सचिव प्रकाश ढुुङगाना र जिल्ला इन्चार्ज देवी ज्ञवाली संयन्त्रमा रहनुभएको छ । एमालेको तर्फबाट आमन्त्रित सदस्यमा कृष्णभक्त पोखरेललाई राखिएको जिल्ला सभापति खनालले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “सरकारलाई तल्लो तहसम्म विकासको मूल प्रवाहमा जोड्ने उद्देश्यले संयन्त्र निर्माण गरिएको हो ।” यसले कांग्रेस र एमालेबीच हुने तल्लो तहको द्वन्द्वलाई न्यूनीकरण गर्ने उहाँले बताउनुभयो ।

    यसैबीच संयन्त्रको बैठकले चितवन जिल्लाको सातवटै स्थानीय तहमा तीन÷तीनजनाको संयन्त्र निर्माण गरी वर्तमान सरकारको केन्द्रीय संरचना र भावना अनुरूप स्थानीय तहमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । संयन्त्रको अध्यक्षता प्रत्येक बैठकमा आलोपालो हुने जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.