सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपनिर्वाचन: तिलागुफा–६ मा तयारी पूरा


  •    न्युजभित्तो/१३ मंसिर २०८१, बिहीबार १४:३२ 
  • मान्म(कालीकोट), १३ मंसिर । कालीकोटको तिलागुफा नगरपालिकाको वडा नं ४ वडाध्यक्ष पदको यही मङसिर १६ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । तिलागुफा –४ को वडाध्यक्षको निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले बताउनुभयो ।

    उहाँका अनुसार निर्वाचनका लागि एक जना मतदान अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना सहयोगी मतदान केन्द्रका खटिएको छन् ।
    निर्वाचनका लागि आज सर्वदलीय बैठक बसेर निर्वाचन आचारसंहिता प्रचारप्रचारको मौन अवधि बिहीबार राती १२ बजेदेखि लागु हुने बिषयमा जानकारी गराइने निर्वाचन अधिकृत मल्लले जानकारी दिनुभयो ।

    उपनिर्वाचनका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तिलागुफा–४ मा एक मतदान केन्द्र रहेको र यसमा ६०९ मतदाता छन् । वडाध्यक्ष पदमा नेपाली कांग्रेका पैलबहादुर शाही, नेकपा ९एमाले० का ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बम, नेकपा ९माओवादी केन्द्र० का नैसोभा शाहीले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताउनुभयो । तिलागुफा–४ का तत्कालीन वडाध्यक्ष परबहादुर शाहीको २०७९ साल असोज २४ गते पहिरोमा परेर निधन भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.