सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’


  •    न्युजभित्तो/१० मंसिर २०८१, सोमबार १५:२६ 
  • पाटन (ललितपुर), १० मंसिर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताउनुभएको छ ।

    ललितपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ समारोहमा उहाँले सभ्य, सुसंस्कृत र आधुनिक समाजका लागि हिंसामुक्त हुनुपर्नेमा जोड दिनुभयो । “जिम्मेवार पदमा बसेकाले मात्रै हिंसा न्यूनीकरणमा काम गर्न सक्ने हैन, सबै मिलेर लाग्नुपर्छ । अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ”, महानगर प्रमुख महर्जनले भन्नुभयो । उहाँले हिंसारहित समाजका लागि जोड दिँदै ललितपुरको विकास र समृद्धिका लागि ‘पाटन सिटी डज नट स्लिप’ योजना अगाडि बढाइने बताउनुभयो ।

    महानगर उपप्रमुख मञ्जली शाक्यले हिंसा सहनु र सहने प्रवृत्तिको पक्षपोषण गर्नु सामन्ती प्रथाको पक्षपोषण गर्नु भएकाले सबै सचेत भएर हिंसा न्यूनीकरणमा लाग्नुपर्छ भन्नुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले तीन सय ६५ दिन नै महिला हिंसाविरुद्धमा लाग्नुपर्ने बताउनुभयो । उहाँले हिंसाका घटना भएपछि उपचारको बाटो रोज्नु भन्दा हिंसा हुन नदिन सचेतता फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    ललितपुरका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान साङ्केतिक कार्यक्रम मात्रै भएको र हरेक दिन हिंसाविरुद्ध तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । “जिल्ला प्रहरीमा महिला हिंसाविरुद्ध छुट्टै सेल स्थापना भएको छ । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाइृ विशेष प्राथमिकता दिएर उजुरी लिने र समाधान गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।

    महिला विकास शाखा प्रमुख शोभा खरेलले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियानलाई प्रभावकारी बनाउन आवश्यक सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.