सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छः मानव अधिकार आयोग


  •    न्युजभित्तो/३ मंसिर २०८१, सोमबार १२:५२ 
  • काठमाडौँ, ३ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पु¥याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ ।

    आयोगका प्रवक्ता डा टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै उहाँले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्ने आयोगले विश्वास लिएको उल्लेख छ ।

    “ढुङ्गानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ”, विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानुन कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि पु¥याएको योगदानको आयोग कदर गर्दछ ।”

    मानव अधिकारको संरक्षण, सम्बर्द्धन र शान्ति प्रक्रियाका सवालमा ढुङ्गानाले आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय ढुङ्गानाको आत्माको चीर शान्तिको कामना गरिएको छ । साथै, आयोगले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.