सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षक सरुवाको बिषय लिएर मेयरमाथि आक्रमणको प्रयास


  •    न्युजभित्तो/३ मंसिर २०८१, सोमबार १०:३८ 
  • रौतहट, ३ मंसिर । रौतहटमा शिक्षक सरुवाको विषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा भएको आक्रमणको घटनाको टुंगो नलाग्दै सोही विषयमा फेरी एकजना मेयरमाथि आक्रमणको प्रयास भएको छ।

    जिल्लाको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवाल माथी आईतवार साँझ आक्रमणको प्रयास भएको हो। शिक्षक सरुवाको बिषय लिएर आईतवार १०–१२ जनाको संख्यामा मेयर जैसवालको घरमा गएका मानिसहरू भनाभन गर्दै आक्रमणको प्रयास गरेका हुन्।

    आक्रामक शैलीमा गएका उनीहरूले मेयर जैसवालको घर अगाडी तथानाम गालीगलौंज गरिरहेका थिए । प्रतिबाद गरेका मेयरका छोरा शैलेस जैसवाल माथी उनीहरू धक्कामुकी समेत गरेका छन्।

    गत शुक्रवार नगर शिक्षा समितिको बैठकले ६ जना शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो। सोही मध्ये एकजना माबि गरुडाका शिक्षकलाई अन्य विद्यालयमा किन सरुवा गरेको भन्दै उनीहरू मेयर कन्थमणि जैसवालमाथी आक्रमण गर्न खोजेको बुझिएको छ।

    शिक्षक सरुवाको विषय नगरपालिकामा गएर सुल्झाउनु पर्नेमा केही राजनीतिक दलका नेता तथा अन्य शिक्षकहरुको उस्काहटमा गरुडा ४ का केही मानिसहरू यस प्रकारको अभद्र ब्यवहार गरेको मेयरका छोरा शैलेस जैसवालले बताएका छन्। गरुडा ४ का रामएकवाल पटेल, विरेन्द्र पटेल, दिलिप पटेल, होसनारायण यादव, श्याम यादव, छोटेलाल पटेल र लालबाबु यादव लगायतका मानिसहरू मेयर जैसवाल विरुद्द खुलेरै लागेको शैलेसले जानकारी दिएका छन्।

    यसैबीच अभद्र ब्यवहारमा लागेका ७ जना विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित उजुरी दिएको मेयरका छोरा शैलेसले बताएका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले सामान्य भनाभन भएको तर कसैमाथी आक्रमण नभएको बताउँदै आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।

    यसअघि शिक्षक सरुवाको बिषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा आक्रमण गर्दा ७५ लाख बराबरको क्षती भएको सार्वजनिक गरिएको थियो। उक्त घटनामा ईलाका प्रहरी कार्यालय गरुडाका १० जना बिरुद्द मुद्दा दायर गरिएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.