सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने


  •    न्युजभित्तो/३ मंसिर २०८१, सोमबार १०:२८ 
  • काठमाडौं, ३ मंसिर । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको छ।

    आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मंगलबार नै प्रकाशित गर्ने छ। त्यस्तै बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ।

    आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो। जसमध्ये एक जना निर्विरोध चयन भएका छन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

    गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।

    कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

    उपनिर्वाचन हुने स्थानीय तहमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन्। कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन्। नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कक्षा पाँचको परीक्षा नगरस्तरीय बनाउँदै कालिका नगरपालिका, शुक्रबार ‘बुक फ्रि’
    सांसदको संख्या घटाऔं, गैरसांसद मन्त्री नियुक्त गरौं: नारायणकाजी श्रेष्ठ
    २० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सकियो
    • हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध
    • संरचनात्मक सुधारमा सरकार कठोर होस्, प्रमुख प्रतिपक्षी दलको समर्थन रहन्छ: पूर्वअर्थमन्त्री शर्मा
    • सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
    • गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.