राज्यव्यवस्था समितिमा आज अख्तियारसम्बन्धी विधेयकमाथि छलफल
न्युजभित्तो/१२ कार्तिक २०८१, सोमबार ११:००
काठमाडौं, १२ कात्तिक । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयकमाथि छलफल शुरु गर्ने भएको छ।
विधेयकमाथिको छलफलका लागि समितिले आज दिउँसो सवा १२ बजेका लागि बैठक बोलाएको छ। समितिले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक टुंगो लगाउँदा अख्तियार विधेयकलाई सँगै टुंग्याउने गरी यो विधेयकमा छलफल शुरु गर्न लागेको हो।
समितिका सभपति रामहरि खतिवडाले विधेयकमाथि दफावार छलफल गर्नेगरी आजैको बैठकमा उपसमिति गठन गर्ने तयारी गरेका छन्। समितिले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकमाथि छलफल गर्न यसअघि नै उपसमिति गठन गरिसकेको छ।
हृदयराम थानीको संयोजकत्वको उपसमितिले नीतिगत भ्रष्टाचार, निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारसम्बन्धी विवाद, अनुचित कार्य, बेनामी उजुरी र अख्तियारले मुद्दा दायर गर्ने समयसीमा लगायतमा सहमति खोज्न छलफल जारी राखेको छ। अख्तियारसम्बन्धी विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्तिदेखि उसको क्षेत्राधिकारसम्मका विषय समेटिएका छन्।