जीवनलाई सहज र सरल बनाउन एआइको उपयोग गर्नुपर्छ: प्रधानमन्त्री ओली
न्युजभित्तो/११ कार्तिक २०८१, आईतवार १२:३६
काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागि पर्ने बताएका छन्।
युवा सङ्घ नेपालले आइतबार आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले भने, ‘विकासको तीर्खाबाट हामी ग्रस्त छौँ। त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ। हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ। यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ।, एसइईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउनुछ। यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ।’