सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वि लामिछानेलाई अनुसन्धानको लागि चितवनसहितका जिल्लामा पनि लैजान सक्ने


  •    न्युजभित्तो/६ कार्तिक २०८१, मंगलवार १३:४२ 
  • काठमाडौं, ६ कात्तिक । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही जिल्लामा पठाएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले सोमबार रुपन्देही पठाइएसँगै रवि लामिछानेको मुद्दा पनि के हुन्छ भन्ने चासो बढेको छ ।

    कास्की प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएका रास्वपा सभापति रवि लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिसँग जोडिएका अन्य सहकारी संस्थाहरूको बचत अपचलनको अभियोगमा पनि अनुसन्धान हुन सक्छ कि सक्दैन भन्ने चासो छ । छविलाल जोशीलाई जस्तै रविलाई पनि अन्य जिल्लामा लगिन सक्ने जानकारहरूले बताएका छन् । किनकि छवि र रविको एकै मुद्दा हो ।

    राजनीतिमा आउनुअघि रवि गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए । सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन भएको आशङ्कामा छानबिन गर्न रविलाई काठमाडौंबाट पक्राउ गरी कास्की लगिएको हो । सूर्यदर्शनजस्तै बुटवलको सुप्रिम सहकारी संस्था, वीरगन्जको सानो पाइला, चितवनको सहारा, नेपालगन्जको समानता र काठमाण्डूको स्वर्णलक्ष्मी सहकारी संस्थाबाट पनि गोरखा मिडियामा ऋण प्रवाह भएको संसदीय छानबिन समितिको प्रतिवेदनले औँल्याएको छ । रविलाई ती सबै जिल्लामा लगिन सक्ने जनाइएको छ ।

    यदि उजुरी छ वा उजुरी नपरे पनि अनुसन्धानमा देखियो भने हरेक स्थानबाट अनुसन्धानको माग हुन सक्ने जनाइएको छ । त्यस्तो अवस्थामा पोखराबाट रिहा भए पनि लामिछानेलाई सहकारीको रकम अपचलनको आरोप लागेका अन्य जिल्ला प्रहरी कार्यालयले आफ्नो हिरासतमा लिन सक्नेछ । प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘उनीविरुद्ध सङ्गठित अपराधमा समेत अनुसन्धान भइरहेको छ । त्यसको अर्थ उनलाई प्रहरीले अदालतबाट म्याद थप गर्दै तीन महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । छविलाल जोशी जस्तै रविलाई पनि अरू जिल्लामा लगेर अनुसन्धान हुन सक्छ ।’
    तीमध्ये बुटवलको सुप्रिम सहकारी संस्थाको बचत अपचलनमा २८ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

    कतिपय भने कास्की प्रहरीले अनुसन्धान सकेर अदालतमा पेस गरेपछि न्यायालयले रविलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्ने बताउँछन् । त्यसअघि नै अदालतले उनलाई छ दिन हिरासतमा राख्न दिइएको म्याद सकिएपछि थप समय हिरासतमा राख्ने वा नराख्ने विषयमा पनि निर्णय गर्न बाँकी छ ।

    यसबारे प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले अनुसन्धानकै क्रममा रहेको विषय भएका कारण प्रहरीले अहिले नै थप जिल्लामा उनलाई लैजाने वा नलैजाने भन्न नसकिने बताए । उनले भने, ‘अहिले सहकारीबाट गोरखा मिडियामा आएको रकम अपचलनबारे अनुसन्धानका लागि कास्की लगिएको हो । आवश्यकता र उजुरीका हिसाबले अघि बढ्ने बताए ।’

    रविका साझेदार छवीलाई भने कास्की सोमबार जहाजमार्फत रुपन्देही लगिएको हो । त्यहाँ पनि उनीविरुद्ध सहकारी ठगीबारे बयान गराइने छ । जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् । उनको त्यहाँ बयान पूरा भए पनि कात्तिक ७ गते फेरि पोखरा नै फर्काइने प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.