सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रास्वपालाई दुर्गा प्रसाईंको सुझावः भिडले सत्य-असत्य छुट्याउने होइन,अदालतलाई कुरौँ


  •    न्युजभित्तो/५ कार्तिक २०८१, सोमबार १५:५६ 
  • काठमाडौ,कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रभावित पार्ने उद्देश्यले कास्कीको पोखरामा जारी आन्दोलनमा सहभागी हुन लागेको हल्ला सामाजिक सञ्जालमा चलाइएपछि झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रतिक्रिया दिएका छन् । गत वर्षदेखि नागरिक बचाउ अभियानको समेत नेतृत्व गरिरहेका उनले फेसबुकमा एक पोस्ट शेयर गर्दै आफू पोखरा जान लागेको भनी गरिएको प्रचार झुटो भएको बताएका छन् ।

    साथै, लामिछानेविरुद्ध अनुसन्धान गर्न अदालतले म्याद थपिसकेकाले आन्दोलन गर्नुको औचित्य नभएको पनि उनले लेखेका छन् । ‘म आज पोखरा जाने भन्ने हल्लाले धेरैमा भ्रम पैदा भएको पाएको छु, म झापा आफ्नै निवासमा छु,’ प्रसाईंले लेखेका छन्, ‘अदालतले अनुसन्धानका लागि म्याद थपिसकेपछि भिडले सत्य–असत्य छुट्याउने होइन । सम्मानित अदालतको आदेशलाई कुरौँ, सबैलाई अविश्वास गरेर पनि त भएन ।’

    सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम अपचलन प्रकरणमा रास्वपा सभापति लामिछाने गत शुक्रबार वनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । मुद्दा कास्कीको भएकाले थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । हिजो आइतबार उनलाई हिरासतमै राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत कास्कीबाट प्रहरीले ६ दिनको म्याद लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.