सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेले भन्योः एमालेको चिन्ता अरुले गर्नुपर्दैन,परीक्षण चुनावले गर्छ


  •    न्युजभित्तो/५ कार्तिक २०८१, सोमबार १३:१५ 
  • काठमाडौ, ५ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताए।

    सामाजिक सञ्जालमा एमालेबारे विभिन्न टिप्पणीहरू भइरहेका बेला उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा ९एमाले० को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन्। राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि !

    नेकपा (एमाले) लाई कस्तो बनाउने नेकपा (एमाले) जनलाई नै छोडिदिनु न। जनता के चाहन्छरु र राष्ट्रको आवश्यकता के होरु नेकपा (एमाले) लाई राम्ररी थाह छ। त्यही भएर नै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ। बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ।’ उनले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले भन्दा पनि आवधिक निर्वाचनले गर्ने र एमाले त्यसका लागि हरदम तयार रहेको पनि बताएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.